कोरोना संक्रमणको उच्च जोखिममा वीरगन्ज, परीक्षण गर्ने मेसिन पठाइदिन चिकित्सकको आग्रह « Khabarhub

कोरोना संक्रमणको उच्च जोखिममा वीरगन्ज, परीक्षण गर्ने मेसिन पठाइदिन चिकित्सकको आग्रह


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतसँग सीमा जोडिएको प्रमुख नाका वीरगन्जका स्वास्थ्यकर्मीहरुले नारायणी अस्पतालमा पनि कोरोना भाइरसको नमूना परीक्षणको व्यवस्था गर्न माग गरेका छन् ।

भारतबाट भित्रिनेको संख्या धेरै भएको तथा संक्रमणको जोखिम उच्च रहेको भन्दै स्वास्थ्यकर्मीहरुले वीरगन्जको नारायणी अस्पतालमा पनि कोरोना परीक्षणका लागि पोर्टेबल पीसीआर मेसिन जडान गरिनुपर्ने माग गरेका हुन् ।

केन्द्र सरकारले केही दिन अगाडि चीनबाट ल्याएका पीसीआर मेसिनमध्ये प्रदेश नम्बर २ लाई पनि एउटा दिएको थियो । तर, उक्त मेसिन जनकपुरको प्रादेशिक अस्पतालमा जडान गरिएको छ ।

‘यहाँबाट जनकपुर पुग्नै ४ घण्टा लाग्छ, त्यसमाथि पीसीआर मेसिनले दैनिक ५ देखि १० वटा नमूनाको मात्रै परीक्षण गर्न सक्छ,’ नारायणी अस्पतालका फिजिसियन डा. उदयनारायण सिंहले भने, ‘भारतबाट धेरै व्यक्ति प्रवेश गरेको र कोरोना संक्रमणको उच्च जोखिम भएका कारण वीरगन्जमै परीक्षणको व्यवस्था हुनु पर्छ भन्ने हाम्रो माग हो ।’

डा सिंहका अनुसार अहिले कोरोना संक्रमणको आशंकामा वीरगन्जको नारायणी अस्पतालको आइसोलेसन वार्डमा ५ जना बिरामी भर्ना भएका छन् । जसमध्येका २ जनाको नेगेटिभ रिपोर्ट आएको छ भने ३ जनाको रिपोर्ट आउन बाँकी छ ।

यस्तै, कोरोना संक्रमणको आशंकामा थप ३५ जनाको पनि नमूना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको डा सिंहले बताए ।

‘यहाँ पनि भारतका विभिन्न ठाउँमा भएका मुस्लिम जमातबाट फर्किएकाहरु धेरै छन् । जसमध्येका ३५ जनाको नमूना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाएका छौं,’ डा सिंहले भने, ‘भारतमा अहिले मुस्लिम जमातमा सहभागीहरुमा एकपछि अर्को कोरोना संक्रमण देखिएको समाचारहरु आइरहेका छन् । हाम्रो यहाँ पनि त्यस्तो जोखिम भएकाले ती व्यक्तिको जतिसक्दो छिटो परीक्षणका लागि हामीले नारायणी अस्पतालमै मेसिन राखिनु पर्छ भनेका हौं ।’

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ४ : ३९ बजे

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल