कोरोना संक्रमितका छिमेकी र विदेशबाट आएका सबै व्यक्तिको कोरोना भाइरस परीक्षण गरिने « Khabarhub

कोरोना संक्रमितका छिमेकी र विदेशबाट आएका सबै व्यक्तिको कोरोना भाइरस परीक्षण गरिने


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चैत महिनामा विदेशबाट नेपाल प्रवेस गरेका र कोरोना संक्रमण देखिएका व्यक्तिको समूदायमा रहेका सबैको कोरोना परीक्षण गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले चैत महिनामा विदेबाट आएको व्यक्ति र कोरोना संक्रमण देखिएका व्यक्तिहरुको समूदायमा रहेका व्यक्तिको कोरोना परीक्षण गर्ने बताए ।

प्रवक्ता देवकोटाले उनीहरुको कोरोना परीक्षण र्‍यापिट टेष्ट किटमार्फत कोरोना परीक्षण गरिने बताए ।

‘कैलाली र कञ्चनपुर जिल्लाको क्वारेन्टाइमा रहेका विदेशबाट आएका दुुई व्यक्तिहरुमा कोभिड १९ को संक्रमण देखिएको र विदेशबाट आएकाका एक संक्रमित व्यक्तिबाट निजको परिवारको एक सदस्यमा यो संक्रमण देखिएकोले यी दुुई जिल्लाहरुको सबै क्वारेन्टाइमा रहेका व्यक्तिहरु, त्यसैगरी बाग्लुङ जिल्लामा कोभिडको उपचारको क्रममा रहेका दुुई संक्रमितको बासस्थनाको वरपर र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरु त्यसैगरी चैत महिनामा प्रवेस गरेका व्यक्तिहरु र सम्पर्कमा रहेका व्यक्तिहरुको आरडिटि )र्या‍पिट डाइनोस्टिक टेष्टको विधिबाट कोरोनाको परीक्षण गर्ने,’ प्रवक्ता डा देवकोटाले भने, ‘उक्त प्रविधिबाट परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएका व्यक्तिको पुन पिसिआर प्रविधिबाट परीक्षण गर्ने ।’

उनीहरुको कोरोना परीक्षणका लागि स्वास्थ्य मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को बैठक बसिसकेको पनि बताए ।

कोरोना संक्रमित व्यक्तिको समूूदायमा रहेका व्यक्तिको कोरोना परीक्षणका लागि स्वास्थ्य मन्त्रालयले प्राविधिकको टोली समेत आजै सम्बन्धित क्षेत्रमा पठाउन लागेको प्रवक्ता डा देवकोटाको भनाइ छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ५ : ३४ बजे

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको