यस्तो छ भारतीय क्वारेन्टाइनमा रहेका नेपालीहरुकाे अवस्था (फोटोफिचर) « Khabarhub

यस्तो छ भारतीय क्वारेन्टाइनमा रहेका नेपालीहरुकाे अवस्था (फोटोफिचर)


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि मुलुकभर लकडाउन लागू गरेसँगै भारतीय सीमा क्षेत्रमा रहेका नेपालीलाई भारतीय क्वारेन्टाइनमै बसेका छन् ।

भारतमा पनि कोरोनाको संक्रमण फैलिएपछि स्वदेश फर्किने क्रममा सीमा क्षेत्रमा पुगेका नेपालीहरु लकडाउनका कारण नेपाल प्रवेश नपाएपछि सीमाक्षेत्रकै भारतीय क्वारेन्टाइनमा बसेका हुन् ।

नेपाल र भारतबीच भएको सहमतिअनुरुप उनीहरुलाई भारतीय क्वारेन्टाइनमा राखिएको हो ।

नेपाली मात्र नभएर नेपालमा रहेका भारतीय नागरिक पनि स्वदेश फर्किन पाएका छैनन् । केही भारतीयहरुलाई सीमा क्षेत्रका नेपाली क्वारेन्टाइनमा राखिएको छ ।

महाकाली पारी भारतको धार्चुला, पिढौरागढ र दिदिहाट जिल्लाहरुमा बनाइएका १० वटा क्वारेन्टाइनमा १ हजार २७३ जना नेपाली रहेको जनाइएको छ ।

उनीहरुलाई भारत सरकारले राम्रो खाना र बासको व्यवस्था गर्नुको साथै काउन्सिलिङको पनि व्यवस्था गरेको जनाइएको छ ।

र्धाचुलास्थित क्याम्पहरु नियमित स्वास्थ्य परीक्षण गर्ने गरिएको र कोरोनाबाट बच्ने उचित परामर्श समेत दिने गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ७ : ०६ बजे

प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छ : मन्त्री खरेल

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की

चीनका कार्यवाहक राजदूत आएसँगै काठमाडौंमा विशेष कार्यक्रम

काठमाडौं– नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम– नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस प्रदेशको

एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन

महेन्द्रनगर– मधेस प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै स्थानीय तहलाई

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट

एजेन्सी– युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी