कोरोना भाइरसः धुलिखेल अस्पतालमा पहिलो दिन ११ जनाको स्वाब परीक्षण | Khabarhub Khabarhub

कोरोना भाइरसः धुलिखेल अस्पतालमा पहिलो दिन ११ जनाको स्वाब परीक्षण


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काभ्रेस्थित धुलिखेल सामुदायिक अस्पतालले आइतबारबाट कोराना भाइरस (कोभिड– १९) परीक्षण सुरु गरेको छ । परीक्षणको पहिलो दिन ११ जनाको स्वाव परीक्षण गरिएको अस्पतालले जनाएको छ ।

शुक्रबार मात्र किट उपलब्ध भएपछि आइतबारबाट परीक्षण सुरु गरेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताए ।

धुलिखेल अस्पतालले कोरोना भाइरस परीक्षण सुरु गरेको दिन नै ११ जनाको स्वाब परीक्षण गरेको छ ।

केही धुलिखेलमा क्वारेनटाइन, केही मण्डनदेउपुरमा क्वारेनटाइन र केही विदेशबाट आई सेल्फ क्वारेनटाइनमा बसेका व्यक्तिहरूकाे कोरोना संक्रमण परीक्षणका लागि स्वाब निकालिएको उनले बताएका छन् ।

परीक्षण गरेको तीन–चार घन्टामै रिपोर्ट आए पनि स्वास्थ्य मन्त्रालयमा पठाएर कोरोना संंक्रमण पाएमा मन्त्रालयले नै सार्वजनिक गर्ने झाले बताएका छन् ।

पहिलो चरणमा साताको दुई दिनमात्रै कोरोना सङ्क्रमणको परीक्षण गरिने अस्पतालले जनाएको छ ।

सङ्क्रमणको अवस्था अनुकूल परीक्षणको अवधि थपिने अस्पतालका चिकित्सक डा राजेन्द्र कोजूले बताए ।

“पर्याप्त पिपीइ परीक्षण किटलगायतका परीक्षण सामग्री व्यवस्थापन गर्दै जाने भएकाले हाललाई हप्ताको दुई दिनमात्रै परीक्षणको समयावधि तोकिएको हो”, उनले भने ।

वाग्मती प्रदेश सरकारले कोरोना सङ्क्रमण परीक्षण तथा उपचारका लागि अस्पताललाई धुलिखेल नगरपालिकामार्फत रु २० लाख उपलब्ध गराएको थियो । प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले उक्त रकम नगरपालिकाको खातामा पठाइसकेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ९ : ५५ बजे

फ्रेन्च ओपन महिला टेनिसको उपाधि अमेरिकाकी गौफलाई  

काठमाडौं– फ्रेन्च ओपन महिला टेनिसको उपाधि अमेरिकाकी २१ वर्षीया को

माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम

म्याग्दी– धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट

बाम्का बजार आगलागी : राहत वितरणका लागि समिति गठन

बाजुरा- बुढीगङ्गा नगरपालिकाले बाम्का बजारका आगलागीपीडितलाई राहत तथा पुनःस्थापना गर्न

किसानकाे आयआर्जनमा सघाउन ‘बाख्रा उपहार’

बागलुङ- बागलुङ नगरपालिका– ५ मालिका निवासी कालिका किसानले घरमा हुर्काएको

विधायन व्यवस्थापनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।