कोरोना भाइरसः धुलिखेल अस्पतालमा पहिलो दिन ११ जनाको स्वाब परीक्षण « Khabarhub

कोरोना भाइरसः धुलिखेल अस्पतालमा पहिलो दिन ११ जनाको स्वाब परीक्षण


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काभ्रेस्थित धुलिखेल सामुदायिक अस्पतालले आइतबारबाट कोराना भाइरस (कोभिड– १९) परीक्षण सुरु गरेको छ । परीक्षणको पहिलो दिन ११ जनाको स्वाव परीक्षण गरिएको अस्पतालले जनाएको छ ।

शुक्रबार मात्र किट उपलब्ध भएपछि आइतबारबाट परीक्षण सुरु गरेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताए ।

धुलिखेल अस्पतालले कोरोना भाइरस परीक्षण सुरु गरेको दिन नै ११ जनाको स्वाब परीक्षण गरेको छ ।

केही धुलिखेलमा क्वारेनटाइन, केही मण्डनदेउपुरमा क्वारेनटाइन र केही विदेशबाट आई सेल्फ क्वारेनटाइनमा बसेका व्यक्तिहरूकाे कोरोना संक्रमण परीक्षणका लागि स्वाब निकालिएको उनले बताएका छन् ।

परीक्षण गरेको तीन–चार घन्टामै रिपोर्ट आए पनि स्वास्थ्य मन्त्रालयमा पठाएर कोरोना संंक्रमण पाएमा मन्त्रालयले नै सार्वजनिक गर्ने झाले बताएका छन् ।

पहिलो चरणमा साताको दुई दिनमात्रै कोरोना सङ्क्रमणको परीक्षण गरिने अस्पतालले जनाएको छ ।

सङ्क्रमणको अवस्था अनुकूल परीक्षणको अवधि थपिने अस्पतालका चिकित्सक डा राजेन्द्र कोजूले बताए ।

“पर्याप्त पिपीइ परीक्षण किटलगायतका परीक्षण सामग्री व्यवस्थापन गर्दै जाने भएकाले हाललाई हप्ताको दुई दिनमात्रै परीक्षणको समयावधि तोकिएको हो”, उनले भने ।

वाग्मती प्रदेश सरकारले कोरोना सङ्क्रमण परीक्षण तथा उपचारका लागि अस्पताललाई धुलिखेल नगरपालिकामार्फत रु २० लाख उपलब्ध गराएको थियो । प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले उक्त रकम नगरपालिकाको खातामा पठाइसकेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ९ : ५५ बजे

कांग्रेसले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमनत्री गोपालमान श्रेष्ठको

प्रधानमन्त्री र गृहमन्त्री सुनसरी घटनामा गम्भीर भएनन् : भिष्मराज आङ्देम्बे

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सुनसरी

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल