भैरहवा प्रयोगशालामा कोरोनाको पहिलो नमूना परीक्षण ‘नेगेटिभ’ « Khabarhub

भैरहवा प्रयोगशालामा कोरोनाको पहिलो नमूना परीक्षण ‘नेगेटिभ’


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- प्रदेश नं ५ को भैरहवामा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालामा आजदेखि शुरु भएको कोरोना परीक्षणको पहिलो नतिजा नेगेटिभ देखिएको छ ।

कोरोनाका लागि मात्र नभएर अन्य सबै खालका इन्फ्लुएञ्जा भाइरसको परीक्षण गर्न मिल्ने गरी सञ्चालनमा ल्याइएको भवनमा पिसिआर मेशिनसँगै विएसएल टु क्याविनेट वायो सेफ्टी लेभलको प्रयोगशाला स्थापना गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्रकुमार गिरीले बताए ।

प्रयोगशालाको सञ्चालनका आज दिनभरि नै यन्त्र जडान र त्यसको गुणस्तर परीक्षणको काम सकिएपछि एउटा नमूना मात्र परीक्षण गरिएको डा गिरीले जानकारी दिए ।

उनले भने, ‘नमूनाका रुपमा गरिएको पहिलो परीक्षणमा नै नेगेटिभ रिपोर्ट आएको छ ।’

परीक्षणको काम सोमबारदेखि पूर्णरुपमा हुने छ । सोमबार बाँके क्षेत्रका अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा संकलित स्वाब परीक्षणका लागि आउने छ । उक्त प्रयोगशालामा यन्त्रले परीक्षणको रिपोर्ट एक जनाको १ घण्टामा दिने छ । सोमबार आउने नमूनाको रिपोर्ट दिने काम सोही दिन नै निस्कने डा गिरीले जानकारी दिए ।

मुख्यमन्त्रीबाट निरीक्षण

मुख्यमन्त्री शंकर पोखरेलले आइतबार भैरहवास्थित राष्ट्रिय गहुँ बाली परिसरमा स्थापित प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गरी प्रयोगशालामा भइरहेको कामबारे जानकारी लिएका थिए ।

प्रयोगशालाको सञ्चालनपछि मुख्यमन्त्री पोखरेलले कोरोना परीक्षणको प्रयोगशाला सञ्चालनमा आएको बताउँदै समाजिक सञ्जालमा लेख्नुभएको छ, ‘गहुँबाली केन्द्रमा रहेको प्रदेशस्तरीय प्रयोगशालामा कोरोना टेष्ट सफल भयो । अबदेखि प्रदेश ५ को स्वाब परीक्षण गर्न पठाउनुहोला ।’

सामाजिक विकासमन्त्री सुदर्शन बराल, सामाजिक विकास सचिव गोपीकृष्ण खनाललगायतले प्रयोगशालाको अवस्थाका बारेमा उनलाई जानकारी गराए ।

सो अवसरमा मुख्यमन्त्री पोखरेलले सामाजिक विकास सचिव र प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुखलाई आरटी पिसिआर मेशिन तत्काल खरीद प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।

 

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  १० : १० बजे

कांग्रेसले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमनत्री गोपालमान श्रेष्ठको

प्रधानमन्त्री र गृहमन्त्री सुनसरी घटनामा गम्भीर भएनन् : भिष्मराज आङ्देम्बे

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सुनसरी

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल