भोजपुरी निर्देशक अनिल अजिताभको निधन « Khabarhub

भोजपुरी निर्देशक अनिल अजिताभको निधन


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भोजपुरी निर्देशक अनिल अजिताभको निधन भएको छ । उनको सोमवार भारतको पटनामा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनको निधनले भोजुपरी फिल्म उद्योग स्तब्ध बनेको छ । सेलिब्रेटीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन् ।

हिन्दी फिल्ममा समेत काम गरेका अजिताभले हम बाहुबली, रणभूमि, एक दुजे के लिए लगायत कैयन् भोजपुरी फिल्म निर्देशन गरेका थिए ।

उनले ‘जय गंगाजल’, ‘अपहरण’ लगायतका फिल्ममा सहायक निर्देशकका रुपमा काम गरेका थिए ।

अनिलले एक अन्तर्वार्तामा भोजपुरी फिल्म नै आफ्नो जीवन भएको र अन्तिम समयसम्म पनि यही फिल्म उद्योगमा काम गर्ने चाहना भएको बताएका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  १० : १६ बजे

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका