‘मिसन इम्पोसिबल’ को सिक्वेल स्पेसमा शूटिङ गर्ने योजनामा टम क्रुज « Khabarhub

‘मिसन इम्पोसिबल’ को सिक्वेल स्पेसमा शूटिङ गर्ने योजनामा टम क्रुज


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूओर्क – हलिउड अभिनेता टम क्रुजले एक्सन थ्रीलर फिल्म ‘मिसन इम्पोसिबल’ को आउँदो सिक्वेलको शूटिङ स्पेसमा गर्ने योजना बनाएका छन् । यसका लागि उनले इलोन मस्क र नासाको सहयोग लिने अमेरिकन मिडियाले जनाएका छन् ।

हलिउड मिडियाका अनुसार टम क्रुजले आउटर स्पेसमा फिल्मको छायांकन गर्ने योजना बनाएका छन् । जुन फिल्म एक्सन एडभेन्चर हुनेछ । यो फिल्म पहिलो न्यारेटिभ स्पेस फिल्म हुने पनि बताइएको छ ।

टम क्रुजको मिसन इम्पोसिबल उनका फिल्ममध्ये हिट फिल्म हो । एक्सन थ्रीलर सिरिजले दर्शकको मन जितेका छन् ।

कोरोना भाइरसका कारण मिसन इम्पोसिबलको सातौं र आठौं सिक्वेलको रिलिज मिति पछाडि सारिएको छ । यो लोकप्रिय फिल्मका ६ वटा भाग प्रदर्शनमा आइसकेका छन् ।

नयाँ रिलिज मिति अनुसार मिसन इम्पोसिबल ७ नोभेम्बर १९ २०२१ मा रिलिज हुनेछ भने २०२२ को नोभेम्भरमा मिसन इम्पोसिबल ८ रिलिज हुनेछ ।

टम क्रुजको शीर्ष भूमिका रहेको फिल्म ‘टप गन म्याभरिक’ पनि कोरोना भाइरसका कारण पछाडि सरेको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  १२ : २९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र