‘मिसन इम्पोसिबल’ को सिक्वेल स्पेसमा शूटिङ गर्ने योजनामा टम क्रुज « Khabarhub

‘मिसन इम्पोसिबल’ को सिक्वेल स्पेसमा शूटिङ गर्ने योजनामा टम क्रुज


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूओर्क – हलिउड अभिनेता टम क्रुजले एक्सन थ्रीलर फिल्म ‘मिसन इम्पोसिबल’ को आउँदो सिक्वेलको शूटिङ स्पेसमा गर्ने योजना बनाएका छन् । यसका लागि उनले इलोन मस्क र नासाको सहयोग लिने अमेरिकन मिडियाले जनाएका छन् ।

हलिउड मिडियाका अनुसार टम क्रुजले आउटर स्पेसमा फिल्मको छायांकन गर्ने योजना बनाएका छन् । जुन फिल्म एक्सन एडभेन्चर हुनेछ । यो फिल्म पहिलो न्यारेटिभ स्पेस फिल्म हुने पनि बताइएको छ ।

टम क्रुजको मिसन इम्पोसिबल उनका फिल्ममध्ये हिट फिल्म हो । एक्सन थ्रीलर सिरिजले दर्शकको मन जितेका छन् ।

कोरोना भाइरसका कारण मिसन इम्पोसिबलको सातौं र आठौं सिक्वेलको रिलिज मिति पछाडि सारिएको छ । यो लोकप्रिय फिल्मका ६ वटा भाग प्रदर्शनमा आइसकेका छन् ।

नयाँ रिलिज मिति अनुसार मिसन इम्पोसिबल ७ नोभेम्बर १९ २०२१ मा रिलिज हुनेछ भने २०२२ को नोभेम्भरमा मिसन इम्पोसिबल ८ रिलिज हुनेछ ।

टम क्रुजको शीर्ष भूमिका रहेको फिल्म ‘टप गन म्याभरिक’ पनि कोरोना भाइरसका कारण पछाडि सरेको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  १२ : २९ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने