लुम्बिनी अस्पतालका २७ जनालाई होम आइसोलेसनमा पठाउने तयारी « Khabarhub

लुम्बिनी अस्पतालका २७ जनालाई होम आइसोलेसनमा पठाउने तयारी


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी प्रादेशिक अस्पतालले आइसोलेनमा रहेका २७ जना कोरोना संक्रमितलाई होम आइसोलेनमा पठाउने तयारी गरेको छ ।

स्वास्थ्य मन्त्रालयले बनाएको कोभिड १९ केशको आइसोलेसन व्यवस्थापन सम्बन्धि निर्देशिकाको आधारमा अस्पतालमा १४ दिन अघि देखि रहेका २७ जना कोरोना संक्रमितलाई होम आइसोलेसनमा पठाउन लागेको अस्पतालका सुचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।

कोरोनाको उपचार गर्ने अस्पतालहरुले यसअघि आइसोलेनमा रहेका संक्रमितको दुई पटक सम्म कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र अस्पतालबाट डिस्चार्ज गर्ने गरेको थियो । तर स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमतिको एकपटक मात्र परीक्षण गरिने निर्देशिका बनाएपछि अस्पतालले २७ जनालाई नै कोरोना परीक्षण नगरी डिस्चार्ज गरेको हो ।

अस्पतालका सुचना अधिकारी गौतमका अनुसार उनीहरुलाई दुईसाता होम आइसोलेसनमा बस्न निर्देशन दिदै उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरेको हो ।

‘आज हामीले २७ जनालाई डिस्चार्ज गरेको छौं, तर उहाँहरुको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएर होइन, स्वास्थ्य मन्त्रालयले बनाएको निर्देशिकाको आधारमा उहाँहरु आइसोलेसनमा बसेको १४ दिन पुरा भएकाले कोरोना परीक्षण नगरी डिस्चार्ज गरेका छौं,’ अस्पतालका सुचना अधिकारी गौतमले भने, ‘उहाँहरु होम आइसोलेसनमा दुईसाता बस्नुपर्छ,लक्षण नभएकाले १४ दिन पछि उहाँहरुलाई डिस्चार्ज गरेका छौं ।’

अस्पतालले संक्रमतिको अभिभावकलाई अस्पतालमा बोलाएर घरमा आइसोलेसन व्यवस्थापन सम्भवन भए नभएको बुझेर सोही अनुसार उनीहरुलाई घर पठाइएको अस्पतालका सुचना अधिकारी गौतमले बताए ।

२७ जना संक्रमितलाई घर पठाएपछि अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा ६ जना कोरोना संक्रमित उपचारत छन् । उनीहरु मध्ये ३ जना आइसियु र ३ जना आइसोलेसनमा उपचारत छन् ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ३ : २८ बजे

इन्डोनेसियाली यात्रुवाहक फेरिमा आगलागी, पाँच जनाको मृत्यु, ३९ बेपत्ता

सुराबाया– इन्डोनेसियाको जाभा टापुनजिक आइतबार यात्रुवाहक फेरिमा आगलागी हुँदा कम्तीमा

मधेसमा चहलपहल बढ्दै

जनकपुरधाम– अशान्त मधेस प्रदेशमा क्रमशः चहलपहल बढ्दै गएको छ । सिरहाको

१५ बुँदे माग राख्दै वीर अस्पतालका नर्स आन्दोलित

काठमाडौं- विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका

दाह्रा काटिएको ध्रुवे निकुञ्जभित्रै : १०/१० मिनेटमा अनुगमन

चितवन– बस्ती पसेर दैनिक दुःख दिने गरेको जङ्गली हात्ती ध्रुवे

कोशीमा हिक्मत हटाउन शेरधन कार्ड खेलाउँदै ओली, धमाधम सांसद फकाउँदै

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउन नेकपा एमालेका अध्यक्ष केपी