आज २०७७ साउन २१ गते बुधबारको राशिफल « Khabarhub

आज २०७७ साउन २१ गते बुधबारको राशिफल


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७७ साउन २१ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।

सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले गरेको फलादेश :

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पुनर्मिलनको योग रहेको छ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योगपनि छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

दाजुभाइ, दिदीबहिनीले तपाईंका सकारात्मक विचारलाई समर्थन गर्नेछन् । पुनर्मिलनको योग रहेको छ । बिनाप्रतिस्पर्धा फाइदापनि हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सरकारी निकाएको भय रहला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज जोश जाँगर र हिम्मत वढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान सुख मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

रमाइलो यात्राको योग रहेको छ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । नयाँ कार्यको योजना बन्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला । कार्यमा सफलता पाईनेछ । प्रेमीको सहयोग पाईनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बबढ्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज भकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनसक्छ । विश्वास गरेकाले साथ दिनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज मन खिन्न हुने स्थिति आउनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । दबाब र तनाव र मानसिक चिन्ता बढेको महसुस हुनेछ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ५ : ११ बजे

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौं- पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र