दूर शिक्षा कार्यक्रमलाई सघाउन विश्व बैंकले १ अर्ब २७ करोड रूपैयाँ अनुदान दिने « Khabarhub

दूर शिक्षा कार्यक्रमलाई सघाउन विश्व बैंकले १ अर्ब २७ करोड रूपैयाँ अनुदान दिने


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व बैंकले नेपाललाई विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि १ करोड ८५ लाख अमेरिकी डलर बराबरको अनुदान दिने भएको छ।

विश्व बैंकले १ करोड ८५ लाख अमेरिकी डलर अर्थात करिब १ अर्ब २७ करोड रूपैयाँ विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि अनुदान दिने भएको हो ।

सो अनुदान सम्झौतामा शुक्रबार सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद-जर्भोसले हस्ताक्षर गरेका हुन् ।

उक्त अनुदान कोभिड-१९ संकटका बीच आधारभूत शिक्षामा पहुँच कायम राख्न र बालबालिकाको सिकाइमा निरन्तरता दिन परिचालन गरिने बताइएको छ ।

‘यस अतिरिक्त अनुदानका लागि हामी विश्व बैंक र जीपीईप्रति आभारी छौं,’ सहसचिव नेपालले भने, ‘यस सहयोगले कोभिड-१९ का कारण बालबालिकाको सिकाइमा भएको क्षति न्यूनीकरण गर्नका लागि टेवा पुर्‍याउनेछ ।’

यस अनुदानले चालु महामारीका कारण विद्यालयहरू बन्द रहेका अवस्थामा पनि सिकाइलाई निरन्तरता दिनका लागि सरकारलाई आवश्यक सहयोग पुग्नेछ ।

नेपालका अनुसार यस अनुदान विद्यालयहरूलाई सुरक्षित रूपमा पुन सञ्चालन गर्न, खेर गएको सिकाइको समय र मनोवैज्ञानिक प्रभावसहितका विद्यार्थी र शिक्षकहरूमा परेको विविध प्रभावहरूलाई कम गर्न पनि महत्त्वपूर्ण हुनेछ ।

यस अतिरिक्त अनुदानले दूर शिक्षाका कार्यक्रमहरूलाई सघाउने गतिविधिहरूका लागि बजेट उपलब्ध गराउनेछ। जसअन्तर्गत टेलिभिजन, रेडियो, सिकाइ पोर्टलका साथै इन्टरनेट र अन्य सञ्चारमाध्यममा पहुँच नहुने बालबालिकाका लागि मुद्रण गरिने सिकाइका सामग्रीहरू पर्नेछन्।

‘यो महामारीका कारण नेपाल लगायत विश्वभरका देशहरूमा शिक्षा क्षेत्र सबैभन्दा बढी मारमा परेका क्षेत्रहरू मध्ये एक हो जसले गर्दा बालबालिकाको सिकाइको नतिजामा गहिरो प्रभाव परेको छ । यो अनुदानले खासगरी बालिकाका लागि शिक्षा र सिकाइमा सुरक्षित पहुँचको तत्काल आवश्यकतालाई सघाउनेछ,’ मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसले भने ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ११ : ३७ बजे

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि सरकारलाई पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी

ऋषि भन्छन् : ओली नेतृत्वको सरकारले हाम्रा होनहार युवाहरूलाई गोली हानेर हत्या गर्‍यो

काठमाडौं– पत्रकार ऋषि धमलाले जेन-जी आन्दोलनका क्रममा दमन गर्नेहरूमाथि तत्काल कारबाही

नेपाली भूमिमा भारतीय गाउँको नाम लेखिएको बोर्ड, सच्याउन माग

दार्चुला- दार्चुलाको महाकाली नगरपालिका–८ असिगडास्थित नेपाल–भारत जोड्ने मोटरेबल पुलको नेपालतर्फ

‘कार्की साइँला’मा भरियाको भूमिकामा जितु नेपाल

काठमाडौं – कलाकार जितु नेपाल शीर्ष भूमिकामा रहेको फिल्म ‘कार्की