देउवाविरुद्ध अनशनसम्मको आन्दोलन गर्ने पौडेल समूहको चेतावनी « Khabarhub

देउवाविरुद्ध अनशनसम्मको आन्दोलन गर्ने पौडेल समूहको चेतावनी


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संस्थापन विरुद्ध अनशनसम्मको आन्दोलन सार्वजनिक गर्ने तयारी भएको छ।

सभापति शेरबहादुर देउवाले विधान विपरीत कदम चालेको भन्दै असन्तुष्ट पक्षले आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ।

बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आज भर्चुएल बैठक गरेर आन्दोलनको घोषणा गर्ने तयारी भएको केन्द्रीय सदस्य गुरु घिमिरेले बताए। उनका अनुसार, भर्चुएल बैठकको अहिले तयारी भइरहेको छ।

“चरणबद्ध आन्दोलनको तयारी भएको छ, आजै घोषणा हुन्छ”, उनले भने। पौडेल समूहले सभापति देउवाले बिस्तार गरेको विभागहरु खारेजी हुनुपर्ने माग राखेको छ।

महाधिवेशन सकिएको दुई महीनाभित्र गठन गरिसक्नुपर्ने विभागहरु अहिले बिधान बिपरीत गठन र बिस्तार भइरहेको आरोप पौडेल पक्षले लगाउँदै आएको छ।

सभापति देउवाले भने ४७ मध्ये २० विभाग गठन गरिसकेका छन्। बिहीबार मात्रै सभापति देउवाले शुभेच्छुक संस्था समन्वय विभाग गठन गरेका थिए। तत्काल विभाग खारेज, क्रियाशील सदस्यता वितरण कार्य रोक नलगाए चरणबद्ध आन्दोलन गर्ने पौडेल समूहले तयारी गरेको छ।

शुरुमा अल्टिमेटम, त्यसपछि स्थानीय तहसम्म अन्तरक्रिया, धर्ना र अनशनसम्मको आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको घिमिरेले बताए। कांग्रेसको १४औं महाधिवेशन आगामी फागुन पहिलो साता हुँदैछ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  १२ : ०३ बजे

उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट

दाङ– उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०८२–८३ मा ७२५ वटा

महाकाली नदीमा फसेका युवकको उद्धार

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीको टापुमा फसेका एक जना युवाको आज

पाण्डेको निधनबाट राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा डा. देवेन्द्रराज

बढीले क्षतिग्रस्त रसुवागढी टिमुरे सुख्खा बन्दरगाह निर्माण अलपत्र (तस्बिरहरु)

रसुवा– एक वर्षअघि ल्हेन्दे खोलाको बाढीले ६ महिनासम्म प्रभावित रसुवा

युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडा उपमहानगर

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार