देउवाविरुद्ध अनशनसम्मको आन्दोलन गर्ने पौडेल समूहको चेतावनी « Khabarhub

देउवाविरुद्ध अनशनसम्मको आन्दोलन गर्ने पौडेल समूहको चेतावनी


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संस्थापन विरुद्ध अनशनसम्मको आन्दोलन सार्वजनिक गर्ने तयारी भएको छ।

सभापति शेरबहादुर देउवाले विधान विपरीत कदम चालेको भन्दै असन्तुष्ट पक्षले आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ।

बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आज भर्चुएल बैठक गरेर आन्दोलनको घोषणा गर्ने तयारी भएको केन्द्रीय सदस्य गुरु घिमिरेले बताए। उनका अनुसार, भर्चुएल बैठकको अहिले तयारी भइरहेको छ।

“चरणबद्ध आन्दोलनको तयारी भएको छ, आजै घोषणा हुन्छ”, उनले भने। पौडेल समूहले सभापति देउवाले बिस्तार गरेको विभागहरु खारेजी हुनुपर्ने माग राखेको छ।

महाधिवेशन सकिएको दुई महीनाभित्र गठन गरिसक्नुपर्ने विभागहरु अहिले बिधान बिपरीत गठन र बिस्तार भइरहेको आरोप पौडेल पक्षले लगाउँदै आएको छ।

सभापति देउवाले भने ४७ मध्ये २० विभाग गठन गरिसकेका छन्। बिहीबार मात्रै सभापति देउवाले शुभेच्छुक संस्था समन्वय विभाग गठन गरेका थिए। तत्काल विभाग खारेज, क्रियाशील सदस्यता वितरण कार्य रोक नलगाए चरणबद्ध आन्दोलन गर्ने पौडेल समूहले तयारी गरेको छ।

शुरुमा अल्टिमेटम, त्यसपछि स्थानीय तहसम्म अन्तरक्रिया, धर्ना र अनशनसम्मको आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको घिमिरेले बताए। कांग्रेसको १४औं महाधिवेशन आगामी फागुन पहिलो साता हुँदैछ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  १२ : ०३ बजे

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल