पुजारी श्रीराम साहको हत्या आर्थिक लेनदेनले हुनै सक्दैन : पीडित परिवार | Khabarhub Khabarhub

पुजारी श्रीराम साहको हत्या आर्थिक लेनदेनले हुनै सक्दैन : पीडित परिवार


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- रौतहटमा पुजारी श्रीराम साहको हत्या आर्थिक लेनदेनले हुनै नसक्ने पीडित परिवारले दाबी गरेका छन् ।

आफूसँग भएको एक कट्ठा जग्गा पनि बेचेर मन्दिर बनाएका साह भिक्षा मागेर जीविका चलाइरहेका बेला आर्थिक लेनदेनमा उनको हत्या भएको भन्नु सरासर गलत भएको पीडित परिवारका सदस्यले बताएका छन् ।

हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले घटना अन्यत्र मोड्न आर्थिक लेनदेनका आधारमा साहको हत्या भएको प्रतिबेदन तयार पारेको भन्दै उनीहरूले आपत्ती जनाएका छन् ।

परिवारको सदस्य गुमाएर मर्माहत भएको अवस्थामा प्रहरीले सोधपुछका नाममा ‘भिक्षा मागेर खाने मानिससँग अरूलाई ऋण दिने पैसा कसरी आयो ?’ भन्दै अनावश्यक तनाव दिएको उनीहरूले आरोप लगाएका छन् ।

हत्यारालाई बचाउन खोजिएको भन्दै पीडित परिवारले २ दिनअघि प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई कालोझण्डासमेत देखाएका थिए ।

गत भदौ ३ गते राति साढे ९ बजेतिर खाना खान बसेका बेला साहको माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहियाटोलमा गोली हानी हत्या गरिएको थियो ।

हत्या गरेको आरोपमा प्रहरीले यही भदौ १५ गते देवाही गोनाही नगरपालिका–१ घर भएका राम नरेश पटेल र सोही ठाउँका बालकुमार पटेललाई पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ८ : ०७ बजे

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१

युवाहरु विदेश तिर, नेपाली उद्योगमा विदेशी ल्याउनुपर्ने बाध्यता

काठमाडौं–उदयपुर घर भएको एक युवा लघुवित्तको ५० हजार हाराहारीको जागिर

म षड्यन्त्रको शिकार भएँ : सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफू