पुजारी श्रीराम साहको हत्या आर्थिक लेनदेनले हुनै सक्दैन : पीडित परिवार « Khabarhub

पुजारी श्रीराम साहको हत्या आर्थिक लेनदेनले हुनै सक्दैन : पीडित परिवार


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- रौतहटमा पुजारी श्रीराम साहको हत्या आर्थिक लेनदेनले हुनै नसक्ने पीडित परिवारले दाबी गरेका छन् ।

आफूसँग भएको एक कट्ठा जग्गा पनि बेचेर मन्दिर बनाएका साह भिक्षा मागेर जीविका चलाइरहेका बेला आर्थिक लेनदेनमा उनको हत्या भएको भन्नु सरासर गलत भएको पीडित परिवारका सदस्यले बताएका छन् ।

हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले घटना अन्यत्र मोड्न आर्थिक लेनदेनका आधारमा साहको हत्या भएको प्रतिबेदन तयार पारेको भन्दै उनीहरूले आपत्ती जनाएका छन् ।

परिवारको सदस्य गुमाएर मर्माहत भएको अवस्थामा प्रहरीले सोधपुछका नाममा ‘भिक्षा मागेर खाने मानिससँग अरूलाई ऋण दिने पैसा कसरी आयो ?’ भन्दै अनावश्यक तनाव दिएको उनीहरूले आरोप लगाएका छन् ।

हत्यारालाई बचाउन खोजिएको भन्दै पीडित परिवारले २ दिनअघि प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई कालोझण्डासमेत देखाएका थिए ।

गत भदौ ३ गते राति साढे ९ बजेतिर खाना खान बसेका बेला साहको माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहियाटोलमा गोली हानी हत्या गरिएको थियो ।

हत्या गरेको आरोपमा प्रहरीले यही भदौ १५ गते देवाही गोनाही नगरपालिका–१ घर भएका राम नरेश पटेल र सोही ठाउँका बालकुमार पटेललाई पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ८ : ०७ बजे

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइने

ललितपुर– ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित

कस्तो आउला मौद्रिक नीति ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि नयाँ मौद्रिक

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौं- कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापक रूपमा फैलिएको छ

‘सेलिब्रटीलाई अपराध गर्न छुट हो ?’

काठमाडौं- नाबालिग तथा विभिन्न युवतीसँग अवाञ्छित संवाद गरेको स्क्रिनसट सामाजिक

लोकतन्त्र र वामपन्थी आन्दोलन सिध्याउन भदौ २३ र २४ गते प्रतिगामी षडयन्त्र भयो : ओली

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत