गगन थापाले प्रधानमन्त्रीलाई सोधे– डा केसीका कुनै माग जनहित विपरीत छन् ? « Khabarhub

गगन थापाले प्रधानमन्त्रीलाई सोधे– डा केसीका कुनै माग जनहित विपरीत छन् ?


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सांसद गगन थापाले डा गोविन्द केसीका माग पूरा गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीलाई सोधेका छन्, डा गोविन्द केसीका कुन माग जनहित विपरीत छन् ?

थापाले भनेका छन्- प्रधानमन्त्रीज्यू, डा गोविन्द केसीले राख्नुभएको कुनचाहिँ माग पूरा नहुने/गर्न नसकिने छ? कुन माग जनहित विपरीत छन्?

उनले विगतमा आफैले गरेका वाचा पूरा नगर्दा यो अवस्था आएको बताएका छन् ।

थापाले प्रश्न गरेका छन्, ‘ डा केसीसँग संवाद नै गर्दिनँ भन्ने तपाईंको हठले के तपाईंको मान बढाउँछ ?’

जायज माग पूरा गर्दा आफ्नो समर्थन रहने भन्दै उनले भनेका छन्, ‘पूरा गर्न सकिने र गर्नुपर्ने माग छन्,पूरा गर्नुहोस्। यसमा हाम्रो पूर्ण साथ र सहयोग रहनेछ। तर, एउटा सत्याग्रहीमाथि दुराग्रह राखेर बेवास्ता गर्नुभयो भने त्यसको ठूलो मूल्य तपाईंले चुकाउनु पर्नेछ ।’

थापाको भनाइ छ, ‘प्रमज्यू, ख्याल राख्नुहोला, यदि डा केसीको जीवन तल-माथि भयो भने यसको शत प्रतिशत दोषी तपाईं हो।’

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १२ : १५ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि