कोरोनाको खोप लगाउन बाध्य पारिदैन : बाइडेन | Khabarhub Khabarhub

कोरोनाको खोप लगाउन बाध्य पारिदैन : बाइडेन


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाउन कसैलाई पनि बाध्य नपारिने बताएका छन् ।

खोप उपलब्ध गराउने राज्यको दायित्व भए पनि त्यसलाई प्रयोग गर्ने या नगर्ने नागरिकको स्वइच्छा भएको उनले बताए ।

गृहराज्य डेलवरको विलमिङ्गटनमा राष्ट्रपतिमा निर्वाचित बाइडेनले कोरोना भाइरसविरुद्धको खोपलाई अनिर्वाय बनाउनु नपर्ने प्रष्ट्याएका हुन् ।

‘मेरो सामर्थ्यले भ्याएसम्म खोपका लागि सबैलाई जागरुक बनाउने प्रयास हुनेछ । तर खोप लगाउने वा नलगाउने व्यक्तिको निर्णयको कुरा हो,’ उनले भने ।

हालै भएको एक अध्ययनले ६० प्रतिशत अमेरिकीहरु मात्रै कोरोना भाइरसविरुद्धको खोप लगाउन तयार भएका छन् ।

अमेरिकाले डिसेम्बरको मध्यसम्ममा कोभिड-१९ विरूद्धको खोप स्वीकृति गर्ने सम्भावना छ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ८ : ४५ बजे

पशुपति परिसरमा भेटिनुअघि वसन्तपुरमा देखिएकी थिइन् स्नेहा

काठमाडौं- चितवनको कालिका नगरपालिका–६ जमुनापुर घर भएकी २० वर्षीया स्नेहा

घरेलु तथा साना उद्योगलाई सरकारले प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको अर्थतन्त्रको जग लघु, घरेलु तथा

दोलखामा एक वर्षभित्र सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु 

दोलखा– जिल्लामा चालु वर्षको चैतसम्म सवारी दुर्घटनामा परेर ११ जनाको

एक सातादेखि बेपत्ता चितवनकी स्नेहा पशुपति परिसरमा भेटिइन्

काठमाडौं- कलंकीबाट एक सातादेखि हराइरहेकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने

युके पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– युके पठाइदिन्छु भन्दै ५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा