काठमाडौँ उपत्यकामा थपिए ४३२ कोरोना संक्रमित  « Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ४३२ कोरोना संक्रमित 


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  पछिल्कालो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मुलुकभर थपिएका १ हजार २४ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ४ सय ३२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा  काठमाडौंमा ३ सय ४९, भक्तपुरमा १८ र ललितपुरमा ६५ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै काठमाडौंमा मात्र हालसम्म कोरोना संक्रमितको संख्या ९० हजार ७७  पुगेको छ । जसमध्ये ५ हजार ६५१ जना सक्रिय छन् भने ८४ हजार २९ जना उपचारपछि निको भएका छन्। ३ सय ९७ जनाको मृत्यु भएको छ।

त्यसैगरी ललितपुरमा हालसम्म कोरोना संक्रमितको संख्या १३ हजार ७६३ पुगेको छ। जसमध्ये १२२ जना संक्रमितको मृत्यु भएको छ।

कुल संक्रमितमध्ये १२ हजार ५१३ जना निको भएका छन् भने १ हजार १२८ जना सक्रिय छन्।

यस्तै भक्तपुरमा हालसम्म कोरोना संक्रमितको संख्या ८ हजार १३६ पुगेको छ। जसमा ७ हजार ५५० जना उपचारपछि निको भएका छन् भने ४९३ सक्रिय संक्रमित छन् । भक्तपुरमा हालसम्म ९५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ४ : ४० बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि