द्वन्द्वपीडित भन्छन् कहाँ भेटिएलान् बेपत्ता ? « Khabarhub

द्वन्द्वपीडित भन्छन् कहाँ भेटिएलान् बेपत्ता ?


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भर्खरको कलिलै उमेर । जीवनमा केही गरौँ भन्ने सोचाइ थियो । निकै सङ्घर्षशील उमेर थियो । पढ्दापढ्दै शिक्षक सेवा आयोगको प्राथमिक तहमा नाम निस्कियो । सशस्त्र द्वन्द्वको समय थियो ।

कैलालीबाट जागिरे जीवन शुरु गरेका थिए । जागिर भएपछि घरपरिवार सबै खुशी थिए, शैल्यशिखर नगरपालिका–६ घर भएका बिर्खसिंह धामी परिवार तर त्यो खुशीको सीमा धेरै टिक्न सकेन । कैलालीको भृकुटी निमावि पदौनमा कार्यरत रहेको बेला विसं २०५८ मा धामी बेपत्ता भए ।

अहिले पनि परिवारको आँखाभरि आँशु भिजेको छैन । विद्यालयबाटै बेपत्ता भएका शिक्षक धामीका बारेमा विद्यालयले समेत परिवारलाई जानकारी नगराएकामा पीडित परिवारको गुनासो छ । पीडितका दाई राजेन्द्रसिंह धामीले भने, “बेपत्ता भएपछि न त विद्यालयले जानकारी गरायो, न तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट नै जानकारी भयो ।”

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पीडितका आफन्तको कुरा सुनौँभन्दा धामीको गाला अबरुद्ध हुँदै थियो । आक्रोश त धेरै छन्, तर अहिलेसम्म भाइको अवस्था के हो रु कसैको रेकर्डमा छैन । राज्यबाट पाउनुपर्ने सेवासुविधा केही पाउन सकिएको छैन ।

मालिकार्जुनका नन्दा पार्कीको श्रीमान् दिलुराम पार्की गुमाएको पीडा पनि कम्ता छैन । आफ्नै अगाडि माओवादीले लिएर गएका पार्कीको अवस्था अज्ञात छ । घरबाटै अभियानमा हिँड भन्दै माओवादीले अपहरण गरिएका पार्की कहिल्यै घर फर्किएनन् । घर फर्किने आशामा दशकौँ बित्यो, तर न लाश देख्न पाए, न त सास पाए ।

शैल्यशिखर नगरपालिका–९ का नरेन्द्र भण्डारी विसं २०६२ मा बैतडीको पिपलकोटबाट बेपत्ता भए । गोकुलेश्वरमा राम्रै व्यापार फस्टाएको थियो । भर्खर बिहे गरेका थिए । बिहे गरेपछि घरजम राम्रै जमाउने इच्छा थियो भण्डारीको । तर पिपलकोट नजिकै तत्कालीन शाही सेनाको गस्ती आएको थाहा पायौँ, बेपत्ता भण्डारीका दाजु कर्णबहादुर भण्डारीले भने, “त्यही पिपलकोटबाट बेपत्ता भएका भाइको अवस्था थाहा छैन । भाइ बेपत्ता भएपछि उनकी श्रीमती दोस्रो बिहे गरेर गइन् ।

“भाइको अवस्थाबारे अहिलेसम्म जानकारी छैन । द्वन्द्वपीडित भनेर पनि कहीँ उल्लेख छैन । कम्तीमा भाइको मृत्यु भएको भनेर भनिदिए पनि परिवार ढुक्क हुने थियो । क्षतिपूर्ति त के माग्नु, लाश नै छैन भने”, उनले सुनाए । बेपत्ता आयोगका सामु उनले पूरै पीडा भन्ने हिम्मत नै गर्नुभएन । गाला अबरुद्ध भएपछि उनले भने, “भाइको अवस्था के हो जानकारी गराइदिनु ।”

देशको रक्षाका लागि लड्दालड्दै घाइते हुनुभएका रामदत्त विष्टको अहिले पनि घाइते हुँदा लागेको गोलीको घाउँ ताजै छ । “देशका लागि लडे, अपाङ्ग भएँ, तर राज्यले हामीजस्ता योद्धाका लागि केही हेरिदिएन”, उनले सुनाए । गोलीको घाउ ताजै छ, विसं २०५८ मा सँगैका कयौँ साथीको ज्यान गयो, आफू घाइते भएर बाँचे, परिवार १० वर्षसम्म विस्थापित भयो । घरमा रहेको धन सम्पत्ति बाहिर ल्याएर जलाइदियो । छोरालाई लुगामा बेरेर बचाइयो । देशको लागि यति सङ्घर्ष गर्दा पनि राज्यले हामीजस्ता विस्थापित र द्वन्द्वपीडितका लागि केही गर्न नसकेकामा विष्टको आक्रोश छ ।

हाम्रो मर्म कसले बुझिदिन्छ, घाइते भएर अपाङ्ग भएपछि रु तीन हजार ८०२ लिएर अशक्त अवकाशमा घर फर्किएको हुँ । त्यो बेलादेखि अहिले हामीले पाउनुपर्ने सेवा सुविधा पनि राज्यले घटाइदिएको प्रति उनले दुखेसो गरे । द्वन्द्वपीडितले न्याय पाउनुपर्छ उनको माग छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अनुसार विसं २०५२ देखि २०६३ सम्म दार्चुलाबाट २० जना बेपत्ता भएको भन्दै उजुरी परेको छ । आयोगका अध्यक्ष युवराज सुवेदीले अहिलेको सूची प्रारम्भिक मात्रै भएको भन्दै नामहरुमाथि सत्यतथ्य छानबिन भइरहेको बताए । उनले भने, “हामी आयोगमा परेका उजुरीमाथि विस्तृत अध्ययनको अन्तिम चरणमा पुगेका छौँ । सबै जिल्लामा पुगेर उनीहरुको अवस्था, नामबारे जानकारी लिने काम गरिरहेका छौँ ।”

छानबिनपछि उनीहरुको शव गाडिएको स्थल खोजी गरेर म्युजियम अथवा उनीहरुको शालिक बनाउन प्रेरित गरिने अध्यक्ष सुवेदीले बताए। “आयोगले निष्पक्ष भएर काम गरिरहेको छ”, उनले भने, “छानबिनको क्रममा जोसुकै पीडक देखिए पनि कारवाहीका लागि सिफारिस गरिन्छ ।” उनले भने, “राज्यले पीडितका लागि केही न केही गर्नैपर्छ, पीडितले राज्यपक्षबाट केही पाएको छैन भनेर सोच्नु हुँदैन । पीडितलाई अपहेलित नहुने गरी न्याय निरुपण गर्छौँ ।” -रासस

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ७ : ५९ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको