पक्राउ परेका १ सय २२ चिनियाँको राहादानी रद्द, दुईवटा विमानमा चीन लैजाने | Khabarhub Khabarhub

पक्राउ परेका १ सय २२ चिनियाँको राहादानी रद्द, दुईवटा विमानमा चीन लैजाने


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १ सय २२ चिनियाँ नागरिकको राहदानी चिनियाँ दूतावासले रद्द गर्ने भएको छ ।

भिसाको दुरुपयोग गरी शंकास्पद गतिविधि गरेको भन्दै उनीहरु पुस २२ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

उनीहरूका राहदानी एकमुष्ठ रद्द गरी नयाँ ट्राभल डकुमेन्ट जारी गर्ने तयारी दूतावासले गरेको स्रोतको दाबी छ ।

पक्राउ परेका मध्ये ९६ जनाको राहदानी नभएको र बाँकी २६ जनाको राहदानी प्रहरीसँग रहेको छ ।

पक्राउ परेका तर राहदानी भएकालाई ट्राभल डकुमेन्टका आधारमा चीन फर्काउने तयारी गरिएको छ ।

त्यसका लागि दूतावासले प्रहरीसँग समन्वय गरिरहेको छ । ट्राभल डकुमेन्टमा भिसा नियमित गरी पक्राउ परेका सबैलाई बुधबार चीन फर्काइने तयारी रहेको छ ।

काठमाडौंमा पक्राउ परेका आफ्ना नगरिकलाई चीनले जैजाने भएको छ । उनीहरुलाई बुधवार दुईवटा चार्टर विमानमार्फत लैजाने तयारी चीनले गरेको छ ।

चीनले चाइना साउदन र चाइना वेस्टर्न नामका दुई विमान मार्फत उनीहरुलाई लैजाने तयारी गरेको छ ।

ती जहाज अवतरण गराउन दूतावासले नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको स्रोतको भनाइ छ ।

नेपाल प्रहरीले चीनसँग समन्वय गरेर गत पुस ७ गते काठमाडौंमा संयुक्त अपरेशन गरी अवैध गतिविधमा संलग्न रहेको आशंकामा बालाजु आसपासका क्षेत्रबाट एकै दिन १ सय २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  १० : ५० बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड