क्रोएसियाको राष्ट्रपतिमा पूर्व प्रधानमन्त्री मिलानोभिक निर्वाचित « Khabarhub

क्रोएसियाको राष्ट्रपतिमा पूर्व प्रधानमन्त्री मिलानोभिक निर्वाचित


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्रोएसियाको राष्ट्रपतिमा पूर्व प्रधानमन्त्री जोरन मिलानोभिक निर्वाचित भएका छन् । राष्ट्रपति चयनका लागि भएको निर्वाचनको दोस्रो चरणबाट उनी निर्वाचित भएका त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अधिकारीहरुले ९९ प्रतिशत मत गणना भइसक्दासम्म मिलानोभिकले ५२.७ प्रतिशत मत ल्याएकाले उनी निर्वाचित भएको बताएका हुन् ।

आइतबार सार्वजनिक भएको निर्वाचनको मत परिणामअनुसार मिलानोभिकका प्रतिद्धन्द्धी तथा निवर्तमान राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिकले ४७.३ प्रतिशत मत पाएका छन् ।

पहिलो चरणको निर्वाचनमा कुल ११ जना उम्मेदवार प्रतिश्पर्धामा रहेका थिए । उनीहरु मध्ये धेरै ल्याउने २ जनाका बीचमा दोस्रो चरणमा प्रतिश्पर्धा गराइएको हो । पहिलो चरणको निर्वाचत गत डिसेम्बर २२ तारिखमा भएको थियो ।

राष्ट्रपतिमा निर्वाचित भएका मिलानोभिकलाई ‘सोसल डेमोक्र्याटिक पार्टी (एसडीपी)’ र अन्य केही पार्टीहरुको समर्थन रहेको थियो ।
उनीसँग प्रतिश्पर्धा गरेकी ग्राबरलाई भने सत्तारुढ दल क्रोएसियन डेमोक्र्याटिक युनियन (एचडीजेड)को समर्थन रहेको थियो ।

मतदानका लागि योग्य करिब ३८ लाख मतदातामा ५५ प्रतिशतले मात्रै मतदान गरेका निर्वाचन आयोगले जनाएको छ ।
क्रोएसियामा हरेक पाँच–पाँच वर्षमा राष्ट्रपति चयनका लागि निर्वाचन हुने संवैधानिक व्यवस्था रहेको छ ।

नवनिर्वाचित राष्ट्रपति मिलानोभिक ५३ बर्षको उमेरका छन् । उनी सन् २०११ को डिसेम्बरदेखि २०१६ को जनवरीसम्म क्रोएसियाको प्रधानमन्त्री थिए ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ४ : १४ बजे

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण