यस्तो छ एक्सनले भरिपूर्ण टाइगर श्राफको ‘बागी ३’ ट्रेलर (भिडियो) « Khabarhub

यस्तो छ एक्सनले भरिपूर्ण टाइगर श्राफको ‘बागी ३’ ट्रेलर (भिडियो)


२३ माघ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड अभिनेता टाइगर श्राफको फिल्म ‘बागी ३’ को ट्रेलर सार्वजनिक गरिएको छ । लामो समयदेखि प्रतीक्षित यो फिल्मको ट्रेलरमा पूरापूर एक्सन देख्न सकिन्छ ।

फिल्ममा टाइगरलाई दमदार एक्सनका साथ देख्न सकिन्छ । ट्रेलरका अनुसार फिल्ममा आफ्नो भाइलाई समस्या पर्दा ज्यान लिन र दिन तयार हुने युवकको कथा छ । टाइगरका भाइको भूमिकामा रितेश देशमुख छन् भने फिल्ममा श्रद्धा कपूरको पनि शीर्ष भूमिका छ ।

फिल्मको कहानी अनुसार आफ्नो भाइलाई बचाउन टाइगर सिरिया जान्छन् । टाइगरलाई एक्सन र स्टन्टका साथसाथै शर्टलेस पनि देखाइएको छ ।

अहमद खानले निर्देशन गरेको यो फिल्म आउँदो मार्च ६ मा रिलिज हुँदैछ । यसअघिका दुई सिरिजले नेपालमा चर्चा कमाएका कारण पनि फिल्म हेर्न दर्शक प्रतीक्षारत छन् ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहिबार  १ : ४३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र