स्पेनमा कोरोनाले एकैदिन ६९४ जनाको को मृत्यु « Khabarhub

स्पेनमा कोरोनाले एकैदिन ६९४ जनाको को मृत्यु


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ६९४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १२ हजार ६४१ पुगेको छ ।

स्पेनमा एकैदिन ५ हजार ४७८ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ३१ हजार ६४६ पुगेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक स्पेनमा पनि तीव्र देखिएको छ ।

स्पेनमा संक्रमितमध्ये ३८ हजार ८० जना उपचारपछि निको भएका छन् । ६ हजार ८ सय ६१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ८० हजार ९२५ जना उपचाररत छन् ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ४ हजार ७१५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६९ हजार ४०५ पुगेको छ ।

एकै दिन ७० हजार ३९२ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या विश्वमा १२ लाख ७१ हजार ८७५ पुगेको छ ।
संक्रमितमध्ये २ लाख ६१ हजार ४२४ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ५ : ४६ बजे

दुर्लभ चरा संरक्षणमा चासो

तानसेन – चरा संरक्षणकर्मीहरुले दुर्लभ चरा संरक्षणमा चासो देखाएका छन्

पोखराविरुद्ध काठमाडौंका ओपनर बेन चार्ल्सवर्थको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

टाटा टियागो इभिमा आकर्षक अफर घोषणा

काठमाडौं– टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले

अमेरिकाको क्यालिफोर्नियामा एफ-१६ लडाकु जेट दुर्घटना

वासिङ्टन डीसी- अमेरिकामा बिहीबार युएस एयरफोर्सको एफ-१६ लडाकु विमान दुर्घटना

इन्फ्लुएन्जा (फ्लू) सङ्क्रमणबाट बच्न मन्त्रालयको आग्रह 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इन्फ्लुएन्जा (फ्लू) बाट बच्न आग्रह