इटालीमा कोरोनाले पछिल्लो २४ घण्टामा ५२५ को मृत्यु « Khabarhub

इटालीमा कोरोनाले पछिल्लो २४ घण्टामा ५२५ को मृत्यु


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा ५२५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५ हजार ८८७ पुगेको छ ।

इटालीमा एकैदिन ४ हजार ३१६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख २८ हजार ९४८ पुगेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक इटालीमा तीव्र देखिएको छ ।

इटालीमा संक्रमितमध्ये २१ हजार ८१५ जना उपचारपछि निको भएका छन् । ३ हजार ९७७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ९१ हजार २४६ जना उपचाररत छन् ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ४ हजार ७२६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६९ हजार ४१६ पुगेको छ ।

एकै दिन ७१ हजार ७१ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या विश्वमा १२ लाख ७२ हजार ५५४ पुगेको छ ।
संक्रमितमध्ये २ लाख ६१ हजार ४८५ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ५ : ५४ बजे

दुर्लभ चरा संरक्षणमा चासो

तानसेन – चरा संरक्षणकर्मीहरुले दुर्लभ चरा संरक्षणमा चासो देखाएका छन्

पोखराविरुद्ध काठमाडौंका ओपनर बेन चार्ल्सवर्थको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

टाटा टियागो इभिमा आकर्षक अफर घोषणा

काठमाडौं– टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले

अमेरिकाको क्यालिफोर्नियामा एफ-१६ लडाकु जेट दुर्घटना

वासिङ्टन डीसी- अमेरिकामा बिहीबार युएस एयरफोर्सको एफ-१६ लडाकु विमान दुर्घटना

इन्फ्लुएन्जा (फ्लू) सङ्क्रमणबाट बच्न मन्त्रालयको आग्रह 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इन्फ्लुएन्जा (फ्लू) बाट बच्न आग्रह