लकडाउन लम्ब्याउने तयारी, निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै « Khabarhub

लकडाउन लम्ब्याउने तयारी, निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा कोरोना भाइरसका दोस्रा संक्रमित देखिएपछि गत चैत्र ११ गतेदेखि सुरु भएको लकडाउन बढाउनेबारे आवश्यक निर्णय गर्न मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

पहिलो चरणको लकडाउन चैत्र १८ मा सकिएपछि २५ गते मध्यारातिसम्म बढाइएको लकडाउन भोलि सकिदैछ । त्यसअघि नै यसबारे आज अपरान्हको मन्त्रिपरिषद् बैठकले निर्णय लिने प्रधानमन्त्रीका पेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

स्वास्थ्य विज्ञहरुले लकडाउन कम्तिमा एक हप्ता बढाउन सरकारलाई सुझाव दिएका छन् भने कोभिड – १९ रोकथाम तथा नियन्त्रण समितिले समेत लकडाउन लम्ब्याउन सरकारलाई सुझाव दिएको छ ।

भारत सरकारले लगाएको २१ दिनको लकडाउन बुधबार सकिनेछ । त्यसैलाई पुनरविचार गरेर नेपालले पनि आवश्यक निर्णय गर्ने बताइएको छ ।

‘जोखिम बढेको छ, अव भारतजस्तै गरी यता पनि सतर्कता अपनाउन हामीले सुझाव दिएका छौँ,’ उच्चस्तरीय समन्वय समितिका सदस्यसचिव नारायणप्रसाद बिडारीले भने, ‘यसबारे सम्माननीय ज्यूले आज बैठक राख्नु भएको छ, आवश्यक निर्णय त्यतैबाट हुन्छ।’

 

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  १० : ०६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार