ऐतिहासिक बालाजु बाइसधारा मेला पनि स्थगित | Khabarhub Khabarhub

ऐतिहासिक बालाजु बाइसधारा मेला पनि स्थगित


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  हरेक वर्ष चैत्र शुक्ल पूर्णिमा दिन भब्य मेला लाग्ने बालाजु बाइसधाराको जात्रा यो वर्ष स्थगित भएको छ ।

धार्मिक महत्व बोकेको यो मेला यस वर्ष कोरोना भाइसरका कारण स्थगित भएको हो ।

चैत शुक्ल पूणिर्माका दिन यहाँ बर्षेनी मेला लाग्ने गरेको थियो । यस दिनलाई नेवार समुदायले ल्हुतिपुन्हिको रुपमा मनाउने गरेका थिए ।

के मान्यता छ भने, यस दिन मन्नादी देवीको जन्म भएकाले महिलाले बाइस धारामा नुहाईधुवाई गरेमा फलिफाप हुन्छ ।

किम्वदन्ती अनुसार तपस्वी बुद्धले कमलको फूल रोपेर मन्त्रोच्चारण गर्दा यहाँ स्वयम्भू ज्योतिरुप उत्पति भयो ।

यसैको सम्झनामा ल्हुतिपूणिर्मा मनाउने गरिएको हो ।

कोरोना भाइसरको संक्रमणका कारण यो वर्षको मेला स्थगित गरिएको तर भगवानको पूजा आरधना भने गरिने मुल पुजारी थकाली धनलाल महर्जनले जानकारी दिए ।

ल्हुति पूणिर्माको दिन बाइसधारामा स्नान गरी मृत्त आफन्तको नाममाब बत्ती बाल्ने परम्परा छ ।

साथै यसै दिन नुवाकोटको कडल्चोक भगवतीलाई पनि बालाजुमा ल्याएर त्यहाँको हालको सेतो पाटीमा राखी हवन तथा राँगाको बलि दिने परम्परा रहेको उल्लेख छ ।

मनमैजु देवीको जात्रासँग पनि बालाजु बाइसधाराको प्रसंग जोडिएको छ । ल्हुती पूणिर्माको मेलासँगै मनमैजु जात्रा पनि सुरु हुने परम्परा रहेको थियो ।

यस दिन बालाजुको बाइसधारामा नुहाएर मनमैजु देवीको दर्शन गरेमा आफ्नो मनोकामना पुरा हुने धार्मिक विश्वास छ ।

विभिन्न समयमा भएका राजनीतिक र अन्य विषम परिस्थितिमा समेत यो जात्राले निरन्तरता पाएको थियो ।

बाइधारा क्षेत्रका स्थानीय एवं सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पनि सदियौंदेखि चलिआएको यो मेला यस वर्ष स्थगित गरिएको बताए ।

मन्त्री मानन्धरले यो जात्रा इतिहासमा पहिलो पटक स्थगित भएको बताउँदै नित्य पुजा र अन्य पुजाहरु भने चलिरहने व्यवस्था मिलाईएको जानकारी दिए ।

यो धारा नेपाल संवत् ८७५ सालमा मल्ल कालमा बनेको हो । सबैभन्दा पहिले बालाजुमा कान्तिपुरका राजार जयप्रकाश मल्लले ढुंगे धारा बनाएका थिए ।

मल्लकालका अन्तिम राजा जयप्रकाश मल्लले बालाजुको बाइस धारा र गोकर्णेश्वर मन्दिर बनाएका थिए ।

विश्वकै सबैभन्दा सानो मुद्रा प्रचलनमा ल्याउने राजा पनि उनै थिए । त्यसबेला उनले बालाजुमा २१ वटा धारा बनाएका थिए ।

पछि वि.सं. १८५५ मा राजा रणबहादुर शाहले थप एउटा ढुंगेधारा स्थापना गरे ।

बाइसधारामा नुहाउँदा छाला रोग निको हुने जनविश्वास

बालाजु बाइस धारामा नुहाउँदा छाला सम्बन्धी रोग निको हुने जनविश्वास छ ।

खासमा यहाँ बग्ने पानीको मुल नुवाकोट डाँडासँग जोडिएको छ । देवीघाटको पानी नै यहाँ आउने र सो पानीले नुहाएमा छाला सम्बन्धी सम्पूर्ण रोग निको हुने जनविश्वास छ ।

यो ठाउँ काठमाडौं उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन जंगलमुनी पर्छ । यस स्थानलाई नेवार समुदायले ल्हुति भन्ने गर्छन् ।

नागार्जुनको वनमा एक किसिमको ल्हुति भन्ने फल पाउने गरिएको र उक्त फलको रस मिसिएर त्यहाँको पानी बग्ने भएकाले उक्त पानी औषधिय महत्वको रहेको बताइन्छ ।

छालाजन्य रोगहरु निको हुने जनविश्वासका कारण यो जात्रा अवलोकन र स्नानका लागि काडमाडौंसहित देशभरका भक्तजनहरु यहाँ आउने गरेका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  १० : ३५ बजे

सहजपुर–बोगटान सडक योजना कार्यालय खारेज

कैलाली– सहजपुर–बोगटान सडक योजना कार्यालय खारेज भएको छ । कैलालीको

चलचित्र ‘अञ्जिला’को नेपाल प्रिमियर

काठमाडौं– नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको

शिक्षक महासङ्घले आज कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिने

काठमाडौं– नेपाल शिक्षक महासङ्घको अगुवाइमा शिक्षकहरूले आजदेखि राजनीतिक दलको केन्द्रीय

मायंक यादवले आइपीएल गुमाउने

काठमाडौं – लखनाउ सुपर जायन्ट्सका फास्ट बलर मायंक यादवले आइपीएल

कास्कीमा ४.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं– कास्कीमा भूकम्पको धक्का महसुस गरिएको छ । कास्कीको मादी