कोरोना प्रभावितलाई बाग्लुङको राहात– गाउँमै उत्पादित मकै, कोदो र फापर « Khabarhub

कोरोना प्रभावितलाई बाग्लुङको राहात– गाउँमै उत्पादित मकै, कोदो र फापर


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ– कोरोना भाइरस,(कोभिड–१९) जोखिमले दैनिक श्रम र ज्याला गुमाएकाका परिवारलाई बाग्लुङको ताराखोला गाउँपालिकाले राहत वितरण गरेको छ । लकडाउनले समस्या झेलेका श्रमिक र मजदूरलाई खेतबारीमा उत्पादित मकै, कोदो, फापरलगायत अन्नबाली वितरण गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीका अनुसार शनिबार वडा नं १ का ३३ विपन्न परिवारलाई १० र १५ पाथीका दरले मकै–कोदो वितरण गरियो । यस्तै प्रतिपरिवार दाल दुई किलो चिनी दुई किलो, तेल एक लिटरसहित नुहाउने–हात धुने साबुन प्रदान गरिएको जनाइएको छ ।

आइतबार वडा नं ३ का २५ परिवारलाई राहत बाँडिएको उनले बताए । बाँकी वडा नं. २ का २५, ४ का २६ र ५ का २३ परिवारलाई सोमबार राहत वितरण गरिने उनको भनाइ छ । बिहान बेलुका हातमुख जोड्नै कठिन भएका परिवारको वडागत तथ्याङ्क सङ्कलन गरी राहत वितरण गरिएको हो । ‘तत्काललाई गाउँकै उत्पादन राहतमा प्रयोगमा गर्ने निर्णय भएकाले सोहीअनुसार गरेका छौँ,’ अध्यक्ष घर्तीले भने, ‘स्थानीय उत्पादन जैविक र पौष्टिक पनि हुन्छ ।’

राहतस्वरुप बाँड्नका लागि गाउँपालिकाले गाउँका किसानबाट ६० मुरी मकै र २० मुरी कोदो खरिद गरेको थियो । चार जनाको परिवारलाई १० र त्योभन्दा धेरै सदस्य भएका परिवारलाई १५ पाथीका दरले अन्न वितरण गर्ने गरिएको छ ।

बजारबाट नकिनी गाउँमै उब्जाउ भएको अन्नपातलाई राहतमा प्रयोग गर्ने गाउँपालिकाको सोचलाई धेरै रुचाएका छन् । कोरोना भाइरसविरुद्ध शरीरको प्रतिरक्षा प्रणाली बलियो पार्न घरेलु उत्पादनले सघाउने विश्वाससमेत गरिन्छ ।

ताराखोला स्थानीय उत्पादनका हिसाबले अगाडि छ । त्यहाँको मुख्य नगदेबाली भाँगो र आलु हो । गाउँपालिकाले कुनै परिवार छुटेका भए पनि राहतमा समेट्ने योजना बनाएको छ । अवस्था हेरेर राहतका थप कार्यक्रम ल्याउने बताइएको छ ।

जिल्लाका दशै स्थानीय तहले सङ्कटको यस घडीमा गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरिरहेका छन् । लकडाउनले दैनिक ज्याला मजदूरी गरेर परिवार धान्ने चर्को मारमा परेका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  २ : ४० बजे

आर्मेनियाली नरसंहारलाई मान्यता दिएको इजरायलको निर्णयप्रति अजरबैजान असन्तुष्ट

बाकु- इजरायलले पहिलो विश्वयुद्धका क्रममा आर्मेनियालीमाथि भएको हत्यालाई नरसंहारका रूपमा औपचारिक

स्वर्णीमको जवाफ- १२ वर्षकै सबैभन्दा अनुशासित बजेट ल्यायौँ, कार्यान्वयनमा शंका नगरौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पछिल्लो १२ वर्षमा सबभन्दा अनुशासित

विष्णु पौडेलको हिरासत म्याद तीन दिन थप

काठमाडौं – सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका  पूर्वअर्थमन्त्री विष्णु प्रसाद

रास्वपा निर्वाचित छ पदाधिकारीको शपथ कहिले ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट निर्वाचित ६ पदाधिकारीले

नियम विपरित कार्य गर्ने ८ लघुवित्त र तिनका पदाधिकारीमाथि राष्ट्र बैंकको कारबाही

काठमाडौं– नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरीवेक्षण विभागले आर्थिक वर्ष