नर्भिक अस्पतालले स्वास्थ्य मन्त्रालयलाई दियो ६० लाखको स्वास्थ्य सामाग्री « Khabarhub

नर्भिक अस्पतालले स्वास्थ्य मन्त्रालयलाई दियो ६० लाखको स्वास्थ्य सामाग्री


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रहेको नर्भिक इन्टरनेसनल हस्पिटलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६० लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

नर्भिक अस्पतालका अध्यक्ष बसन्तकुमार चौधरीले सोमबार स्वास्थ्य मन्त्रालयमा पुगेर स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

नर्भिक अस्पतालले थ्रीएम एन ९५ मास्क २ हजार थान, सर्जिकल मास्क ४८ हजार थान र मेडिकल कम्पिट सेट अर्थात पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) १ हजार थान स्वास्थ्य मन्त्रालयलाई सहयोग गरेको हो ।

स्वस्थ्य मन्त्रालयलाई सहयोग गरेको यी सामाग्री ६० लाख मुल्य बराबरको भएको नर्भिक अस्पतालका अध्यक्ष बसन्तकुमार चौधरीले बताए । नर्भिकका अध्यक्ष चौधरीले कोरोनाको उपचार र रोकथामका लागि सरकारले सहयोग अपिल गर्दै खडा गरेको कोषमा ५० लाख नगद जम्मा गरिदिएको पनि जाकारी दिएको छ ।

नर्भिक अस्पतालले यसअघि ५० लाख नगद र ५० लाख बराबरको स्वास्थ्य सामाग्री सरकारलाई सहयोग गर्ने प्रतिबद्धता गरेको थियो । सोही प्रतिवद्धता अनुरुप सोमबार ५० लाख कोषमा जम्मा गरीदिएको र ६० लाख बराबरको स्वास्थ्य सामाग्री स्वास्थ्य मन्त्रायलाई सहयोग गरेको अस्पतालका अध्यक्षले चौधरीले बताएका छन् ।

अस्पतालले कोरोना नियन्त्रणका लागि फिभर क्लिनिक तथा आइसोलेसन वार्डको व्यवस्था समेत गरेको भन्दै विपन्न बिरामीलाई नि:शुल्क उपचारको व्यवस्था गरेको पनि जनाएको छ ।

नर्भिक अस्पतालले सहयोग गरेको स्वास्थ्य सामाग्री सोमबार नै प्रदेशका अस्पतालहरुमा पठाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले बाग्लुङ, बुटवल र धनगढीमा ती स्वास्थ्य समाग्री पठाउने जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  २ : ५२ बजे

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना