डडेल्धुरा अस्पताललाई कोरोना परीक्षण केन्द्र बनाउन माग « Khabarhub

डडेल्धुरा अस्पताललाई कोरोना परीक्षण केन्द्र बनाउन माग


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– संघीय सरकार मातहत रहेको सुदूरपश्चिमको एउटा मात्रै अस्पताल डडेल्धुरा अस्पताललाई कोरोना भाइरसको परीक्षण केन्द्र बनाउन माग गरिएको छ ।

सोमबार डडेल्धुराका ५ राजनीतिक दलले संयुक्त वक्तव्य जारी गर्दै डडेल्धुरा अस्पताललाई कोरोना भाइरसको परीक्षण केन्द्र बनाउन माग गरेका हुन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल र समाजवादी पार्टी डडेल्धुराले जारी गरेको संयुक्त वक्तव्यमा सुदूरपश्चिमका ७ पहाडी जिल्लाको केन्द्रमा रहेको डडेल्धुरा अस्पतालमा चिकित्सकहरु लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायतका स्वास्थ्य सामग्री नभएको भन्दै संघीय सरकारको ध्यनाकर्षण समेत गराइएको छ ।

५ राजनीतिक दलहरुले डडेल्धुरा अस्पतालमा चिकित्सकहरु लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायतका स्वास्थ्य सामग्रीको तत्काल व्यवस्थापन गर्न पनि माग गरेका छन् ।

‘हालसम्म कोरोनो संक्रमणका घटनाक्रमले सुदूरपश्चिम प्रदेश सबैभन्दा बढी जोखिम रहेको छ भन्ने कुरा पुष्टि भएको छ,’ पाँच राजनीतिक दलद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘सुदूरपश्चिम जोखिममा रहँदै गर्दा सुदूरको मुटुमा रहेको डडेल्धुरा जिल्ला पनि कम जोखिममा छ भन्न सकिँदैन। तसर्थ ७ वटै पहाडी जिल्लाका नागरिकको स्वास्थ सेवासँग सरोकार राख्ने सुदूरपश्चिमको एकमात्र संघीय सरकारको मातहातमा रहेको डडेल्धुरा अस्पताललाई यथाशीघ्र चाँडो कोरोना रोगको परीक्षण केन्द्रका रुपमा व्यवस्थित गरियोस् ।’

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ६ : ४८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार