ऊर्जामन्त्री पुनद्वारा रोल्पाका स्थानीयतहलाई स्वास्थ्य सामग्री प्रदान « Khabarhub

ऊर्जामन्त्री पुनद्वारा रोल्पाका स्थानीयतहलाई स्वास्थ्य सामग्री प्रदान


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जा, जलश्रोत तथा सिचाइ मन्त्री वर्षमान पुन अनन्तले गृह जिल्ला रोल्पामा कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन् ।

मन्त्री पुनले सोमबार चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई), मास्क, सेनिटाइजर र पञ्जालगायत अत्यावश्यकीय स्वास्थ्य सामग्री पठाएका हुन् ।

मन्त्री पुनले पीपीई सेट मात्र १ सय १० थान, पञ्जा १ जहार थान, आधा लिटरको सेनिटाइजर १३ वटा र मास्क १ हजार थान पठाएका हुन् ।

पठाइएका स्वास्थ्य सामग्री जिल्ला अस्पतालसहित सबै स्थानीय स्वास्थ्य संस्थामा वितरण गरिने मन्त्री पुनले बताए । रोल्पाका सबै १० वटै पालिकामा ती सामग्री पुग्ने उनले बताए ।

जिल्लामा स्वास्थ्य सामग्रीको अभाव भएको गुनासो आएपछि मन्त्री पुनको पहलमा ती सामग्री संकलन गरिएको हो ।

यसअघि पहिलो चरणमा मन्त्री पुनले ४० थान पीपीई, ४ हजार थान मास्क र १० थान इन्फ्रारेड थर्मोमिटरलगायत स्वास्थ्य सामग्री जिल्लामा पठाएका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ७ : ०१ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु