कोरोना संक्रमितको उपचारमा खटिने निजी अस्पतालका चिकित्सकको तलबभत्ता सरकारले ब्यहोर्ने « Khabarhub

कोरोना संक्रमितको उपचारमा खटिने निजी अस्पतालका चिकित्सकको तलबभत्ता सरकारले ब्यहोर्ने


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले कोरोना संक्रमितको उपचारमा खटिने निजी अस्पतालमा कार्यरत चिकित्सकलाई सरकारीमा आएर काम गरे सरकारी चिकित्सकसरह सेवा, सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले निजी अस्पतालका चिकित्सक कोरोनासम्बन्धी उपचारमा संलग्न हुन सरकारीमा आए उनीहरुको तह र सेवासुविधा सरकारी चिकित्सक सरह सरकारले दिने निर्णय गरेको प्रवक्ता रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए।

यस्तै निजी अस्पतालमै रहेर कोरोनाको उपचारमा संलग्‍न चिकित्सकहरुको भत्ता पनि सरकारले ब्यहोर्ने निर्णय गरेको छ ।

बैठकले कोरोनाको महामारीको लागि खटिने स्वास्थ्य स्वयंसेविकाहरुलाई सरकारले १५०० भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ।

 

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ७ : ५७ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२