कोरोना संक्रमितको उपचारमा खटिने निजी अस्पतालका चिकित्सकको तलबभत्ता सरकारले ब्यहोर्ने « Khabarhub

कोरोना संक्रमितको उपचारमा खटिने निजी अस्पतालका चिकित्सकको तलबभत्ता सरकारले ब्यहोर्ने


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले कोरोना संक्रमितको उपचारमा खटिने निजी अस्पतालमा कार्यरत चिकित्सकलाई सरकारीमा आएर काम गरे सरकारी चिकित्सकसरह सेवा, सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले निजी अस्पतालका चिकित्सक कोरोनासम्बन्धी उपचारमा संलग्न हुन सरकारीमा आए उनीहरुको तह र सेवासुविधा सरकारी चिकित्सक सरह सरकारले दिने निर्णय गरेको प्रवक्ता रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए।

यस्तै निजी अस्पतालमै रहेर कोरोनाको उपचारमा संलग्‍न चिकित्सकहरुको भत्ता पनि सरकारले ब्यहोर्ने निर्णय गरेको छ ।

बैठकले कोरोनाको महामारीको लागि खटिने स्वास्थ्य स्वयंसेविकाहरुलाई सरकारले १५०० भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ।

 

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ७ : ५७ बजे

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना