धैर्य र संयमित भई ‘लकडाउन’को पालन गर्न मुख्यमन्त्री राईको आग्रह « Khabarhub

धैर्य र संयमित भई ‘लकडाउन’को पालन गर्न मुख्यमन्त्री राईको आग्रह


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले धैर्य र संयमित भएर ‘लकडाउन’को पालना गर्न प्रदेशवासीलाई आग्रह गरेका छन् ।

उनले आज जारी गरेको भिडियो सन्देश अपिलमा देश र जनताको जीवनरक्षाका लागि मुलुक लकडाउनको अवस्थामा रहेकाले यस्तो बेलामा सबै नागरिकले संयमता अपनाउनुपर्नेमा जोड दिएका छन् ।

कोरोना कोभिड–१९ को विरुद्धको यो लडाइँमा उच्च सतर्कता, सावधानी र जनचेतनाले मात्र जित्न सकिने भएकाले उच्च मनोबलका साथ नियमको पालना गर्न सबैलाई उनले आग्रह गरेका छन् ।

मुुख्यमन्त्री राईले सबै नागरिकलाई बचाउने जिम्मा सरकारको भएकाले प्रदेश सरकार अहोरात्र नागरिकको साथमा रहेको बताए ।  कुनै पनि समस्या भए प्रदेश सरकारलाई जानकारी दिन आग्रह गर्दै सही सूचनामात्र लिन सबैमा उनले आग्रह गरे ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ९ : १५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार