काठमाडौं महानगरको प्रशासकीय अधिकृतमा अर्यालको पदबहाली « Khabarhub

काठमाडौं महानगरको प्रशासकीय अधिकृतमा अर्यालको पदबहाली


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा एकनारायण अर्यालले आज पदबहाली गरेका छन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को गत फागुन १८ गते बसेको बैठकले उहाँलाई प्रशासन सेवातर्फ राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरेर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा पदस्थापन गर्ने निर्णय गरेको थियो ।

यसअघि अर्याल नेपाली महावाणिज्य दूतावास कोलकत्तामा महावाणिज्यदूत थिए। महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने करीब एक महिनाअघि नै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएर गएपछि सहसचिव राजेश्वर ज्ञवालीले निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गर्दै आएका थिए ।

अर्याल विसं २०७२ को भूकम्पको समयमा उनी काठमाडौँको प्रजिअ थिए ।

पदबहाली गर्दै प्रमुख प्रशासकीय अधिकृत अर्यालले भने, “चुस्त सेवा र भ्रष्टाचारमा शून्य सहनशीलता मेरा प्रमुख बाटा हुन् ।”

जनताका आवश्यकता र जनप्रतिनिधिका योजनालाई सूचना प्रविधिको माध्यमबाट व्यवस्थित गराउने उनको भनाइ छ ।

महानगरपालिकाका प्रशासन विभागका प्रमुख नमराज ढकालले अहिले महानगरको मुख्य काम भनेको कोभिड सङ्क्रमण रोकथाम र नियन्त्रण गर्नु रहेको बताए ।

ढकालले हाल महानगरले विपन्न र असहायलाई राहत वितरणको काम गरिरहेको जानकारी गराए ।

 

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ९ : ३७ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले