काठमाडौं महानगरको प्रशासकीय अधिकृतमा अर्यालको पदबहाली « Khabarhub

काठमाडौं महानगरको प्रशासकीय अधिकृतमा अर्यालको पदबहाली


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा एकनारायण अर्यालले आज पदबहाली गरेका छन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को गत फागुन १८ गते बसेको बैठकले उहाँलाई प्रशासन सेवातर्फ राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरेर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा पदस्थापन गर्ने निर्णय गरेको थियो ।

यसअघि अर्याल नेपाली महावाणिज्य दूतावास कोलकत्तामा महावाणिज्यदूत थिए। महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने करीब एक महिनाअघि नै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएर गएपछि सहसचिव राजेश्वर ज्ञवालीले निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गर्दै आएका थिए ।

अर्याल विसं २०७२ को भूकम्पको समयमा उनी काठमाडौँको प्रजिअ थिए ।

पदबहाली गर्दै प्रमुख प्रशासकीय अधिकृत अर्यालले भने, “चुस्त सेवा र भ्रष्टाचारमा शून्य सहनशीलता मेरा प्रमुख बाटा हुन् ।”

जनताका आवश्यकता र जनप्रतिनिधिका योजनालाई सूचना प्रविधिको माध्यमबाट व्यवस्थित गराउने उनको भनाइ छ ।

महानगरपालिकाका प्रशासन विभागका प्रमुख नमराज ढकालले अहिले महानगरको मुख्य काम भनेको कोभिड सङ्क्रमण रोकथाम र नियन्त्रण गर्नु रहेको बताए ।

ढकालले हाल महानगरले विपन्न र असहायलाई राहत वितरणको काम गरिरहेको जानकारी गराए ।

 

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ९ : ३७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार