बिरामीको सेवा गर्दागर्दै बेलायतमा यी नर्सले काेराेनाका कारण ज्यान गुमाइन « Khabarhub

बिरामीको सेवा गर्दागर्दै बेलायतमा यी नर्सले काेराेनाका कारण ज्यान गुमाइन


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

बेलायत- बेलायतमा कोरोना भाइरसबाट ३६ वर्षीय नर्सको मृत्यु भएको छ ।

तीन सन्तानकी आमा अरीमा नसरीनले कोरोना भाइरसबाट ज्यान गुमाएकी हुन् । उनी वाल्सल मनोर अस्पतालमा एक्यूट मेडिकल युनिटमा काम गर्दै आएकी थिइन् ।

मृतक नर्सकी बहिनी काजीमा नसरिनले उनी एक बहुप्रतिभाशाली भएको बताउँदै उनकाे निधनमा गहिरो दुख व्यक्त गरेकी छिन् ।

उनले भनिन,  ‘हामीले एउटा बहुप्रतिभाशाली नर्स गुमायौँ,  हामीले जीवनमा एक अद्भुत व्यक्तिलाई पनि गुमायौँ ।’

उनी काममा अब्बल भएकै कारण समाजमा उदाहरणीय बनेकी थिइन् । उनी बिरामीको हेरचाहमा मात्र नभएर समुदायको सधैँ हितमा लाग्ने गर्थिन् ।

उनले कुनै मानिस पैसाका कारण समस्यामा छन् ,कोही तीर्थयात्रामा जान चाहन्छन् तथा गरिब छन् तिनीहरूको लागि पैसा पठाउने गर्दथिन् ।

नसरिनको गत शुक्रवार बिहान इन्टेन्सीभ केयर युनिटमा उपचारका क्रममा निधन भएको हो । उनलाई कोरोना भाइरस सङ्क्रमण भएपछि भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ११ : ४७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार