बिरामीको सेवा गर्दागर्दै बेलायतमा यी नर्सले काेराेनाका कारण ज्यान गुमाइन « Khabarhub

बिरामीको सेवा गर्दागर्दै बेलायतमा यी नर्सले काेराेनाका कारण ज्यान गुमाइन


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत- बेलायतमा कोरोना भाइरसबाट ३६ वर्षीय नर्सको मृत्यु भएको छ ।

तीन सन्तानकी आमा अरीमा नसरीनले कोरोना भाइरसबाट ज्यान गुमाएकी हुन् । उनी वाल्सल मनोर अस्पतालमा एक्यूट मेडिकल युनिटमा काम गर्दै आएकी थिइन् ।

मृतक नर्सकी बहिनी काजीमा नसरिनले उनी एक बहुप्रतिभाशाली भएको बताउँदै उनकाे निधनमा गहिरो दुख व्यक्त गरेकी छिन् ।

उनले भनिन,  ‘हामीले एउटा बहुप्रतिभाशाली नर्स गुमायौँ,  हामीले जीवनमा एक अद्भुत व्यक्तिलाई पनि गुमायौँ ।’

उनी काममा अब्बल भएकै कारण समाजमा उदाहरणीय बनेकी थिइन् । उनी बिरामीको हेरचाहमा मात्र नभएर समुदायको सधैँ हितमा लाग्ने गर्थिन् ।

उनले कुनै मानिस पैसाका कारण समस्यामा छन् ,कोही तीर्थयात्रामा जान चाहन्छन् तथा गरिब छन् तिनीहरूको लागि पैसा पठाउने गर्दथिन् ।

नसरिनको गत शुक्रवार बिहान इन्टेन्सीभ केयर युनिटमा उपचारका क्रममा निधन भएको हो । उनलाई कोरोना भाइरस सङ्क्रमण भएपछि भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ११ : ४७ बजे

१९ बलमा काठमाडौंका भीमको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

उँधौली लागेसँगै भेँडाबाख्रा लिएर उँधो झरे गोठाला

गोरखा– उधौली लागेसँगै लेकका गोठ उँधो अर्थात् बेँसीतर्फ झार्न सुरु

गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी

जेरुसेलम– इजरायली सेनाले गाजामा बन्धक बनाइएका सबै बन्धकहरूको शव पहिचान

दुर्लभ चरा संरक्षणमा चासो

तानसेन – चरा संरक्षणकर्मीहरुले दुर्लभ चरा संरक्षणमा चासो देखाएका छन्

पोखराविरुद्ध काठमाडौंका ओपनर बेन चार्ल्सवर्थको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको