स्पेसमा फिल्म शूटिङ गर्ने टम क्रुजको योजनापछि नासाले के भन्यो ? « Khabarhub

स्पेसमा फिल्म शूटिङ गर्ने टम क्रुजको योजनापछि नासाले के भन्यो ?


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – टप क्रुज स्पेसमा जाँदै छन् । हलिउड फिल्म उद्योगमा पहिलोपटक कुनै फिल्म शूटिङका लागि उनी स्पेसमा जाने योजना बनाइरहेका छन् ।

मिसन इम्पोसिबलको एक भाग स्पेसमा ताराहरुका बीच छायांकन गरिनेछ । यो फिल्म नासाको इन्टरनेशनल स्पेस स्टेशनमा शूटिङ गरिने जनाइएको छ ।

टम क्रुजले इलोन मस्क र स्पेसएक्ससँग टिमअप गर्दैछन् । यो एक्सन एडभेन्चर फिल्म कस्तो हनेछ भन्ने अहिले नै धेरैको चासोको विषय बनेको छ ।

मिसन इम्पोसिबल टिमको यो घोषणालाई लिएर नासाले प्रतिक्रिया जनाएको छ । नासाका अधिकारीले भनेका छन् – टम क्रुजसँग स्पेस स्टेसनमा काम गर्न नासा उत्सुक छ ।

नासाले यसलाई चासोका साथ लिएको जिम ब्रिडेन्सले ट्वीटमार्फत जनाएका छन् ।

टम क्रुजको फिल्म स्पेसमा फिल्म शूटिङ गरिने घोषणा सोमवार गरिएको थियो । अमेरिकी मिडियाले टम क्रुज र इलोन मस्कले स्पेसबाहिर फिल्म शूटिङ गर्न लागेको जनाएका थिए ।

टम क्रुजको मिसन इम्पोसिबल ७ कोरोना भाइरसका कारण २०२१ को नोभेम्बरमा र मिसन इम्पोसिबल ८ सन् २०२२ को नोभेम्बरमा रिलिज गरिने घोषणा गरिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ११ : ३० बजे

क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

बनेपा– काभ्रेका बाढीपीडितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि उनीहरु बाढीपहिरोले