स्पेसमा फिल्म शूटिङ गर्ने टम क्रुजको योजनापछि नासाले के भन्यो ? « Khabarhub

स्पेसमा फिल्म शूटिङ गर्ने टम क्रुजको योजनापछि नासाले के भन्यो ?


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – टप क्रुज स्पेसमा जाँदै छन् । हलिउड फिल्म उद्योगमा पहिलोपटक कुनै फिल्म शूटिङका लागि उनी स्पेसमा जाने योजना बनाइरहेका छन् ।

मिसन इम्पोसिबलको एक भाग स्पेसमा ताराहरुका बीच छायांकन गरिनेछ । यो फिल्म नासाको इन्टरनेशनल स्पेस स्टेशनमा शूटिङ गरिने जनाइएको छ ।

टम क्रुजले इलोन मस्क र स्पेसएक्ससँग टिमअप गर्दैछन् । यो एक्सन एडभेन्चर फिल्म कस्तो हनेछ भन्ने अहिले नै धेरैको चासोको विषय बनेको छ ।

मिसन इम्पोसिबल टिमको यो घोषणालाई लिएर नासाले प्रतिक्रिया जनाएको छ । नासाका अधिकारीले भनेका छन् – टम क्रुजसँग स्पेस स्टेसनमा काम गर्न नासा उत्सुक छ ।

नासाले यसलाई चासोका साथ लिएको जिम ब्रिडेन्सले ट्वीटमार्फत जनाएका छन् ।

टम क्रुजको फिल्म स्पेसमा फिल्म शूटिङ गरिने घोषणा सोमवार गरिएको थियो । अमेरिकी मिडियाले टम क्रुज र इलोन मस्कले स्पेसबाहिर फिल्म शूटिङ गर्न लागेको जनाएका थिए ।

टम क्रुजको मिसन इम्पोसिबल ७ कोरोना भाइरसका कारण २०२१ को नोभेम्बरमा र मिसन इम्पोसिबल ८ सन् २०२२ को नोभेम्बरमा रिलिज गरिने घोषणा गरिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ११ : ३० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र