सत्यजीत रोयका उत्कृष्ट १३ फिल्म « Khabarhub

सत्यजीत रोयका उत्कृष्ट १३ फिल्म


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय अभिनेता तथा निर्देशक सत्यजीत रोय (सन् १९२१–१९९२) लाई भारतमा भर्सटाइल अभिनेताका रुपमा लिइन्छ । आफ्नो समयमा उत्कृष्ट फिल्म दिएका रोय संगीत संयोजक, ग्राफिक्स आर्टिस्ट, लेखक र रचनाकारका रुपमा पनि चर्चित छन् ।

उनले लेखेका फिल्मको अहिले पनि उत्तिकै चर्चा हुने गर्छ । उनका फिल्मलाई फिल्म मेकिङ पढ्ने विद्यार्थीले उदाहरणका रुपमा लिने गर्छन् । त्यसो त रोयका फिल्मलाई एकसेएक राम्रा भनेर भन्ने गरिन्छ । यहाँ भने लोकप्रिय १३ फिल्म सिफारिस गरिएको छ:

पत्थर पञ्चली (१९५५)

यो फिल्मलाई सत्यजीतको फिल्ममध्ये एक स्तरीय फिल्मका रुपमा लिइन्छ । फिल्ममा उनले विश्वलाई एक पात्रका मात्रबाट देखाएका छन् । फिल्मले कान्स फिल्म फेस्टिभलमा अवार्ड पनि जितेको थियो । यो फिल्म विश्वकै राम्रो फिल्ममध्ये एक हो ।

तीन कन्या (१९६१)

लेखक रविन्द्रनाथ टैगोरको ३ लघु कथामा आधारित यो फिल्म ३ फरक महिलाका ३ कथा देखाइएको छ ।

गुपी गयन बाघा गयन (१९६९)

यो फिल्मलाई बालबालिकाका लागि बनाइएको उत्कृष्टमध्ये एक फिल्मका रुपमा लिइन्छ । गुपी र बाघा एक गाउँमा बस्छन् । उनीहरुकै वरिपरि फिल्मको कथा समेटिएको छ ।

अपुर संसार (१९५९)

यो फिल्म पथ्तर पञ्चलीको तेस्रो भाग हो । फिल्ममा अपुको युवावस्थालाई देखाइएको छ ।

जल्साघर (१९५८)

फिल्ममा बेंगालको एक जमिन्दारको कथा देखाइएको छ । उनले गाउँमा देखाउने जमिन्दारी फिल्ममा देखाइएको छ ।

नायक (१९६६)

देशभर लोकप्रिय एक अभिनेताको रेल यात्रालाई फिल्ममा देखाइएको छ । फिल्ममा ती अभिनेताले एक पत्रकार भेट्छन् ।

कञ्चनजङ्गा (१९६२)

यो फिल्म हुनेखाने वर्गको एक परिवारको कथा देखाइएको छ । जो विदाको सयममा दार्जिलिङ जान्छन् । त्यो यात्रा फिल्ममा देखाइएको छ ।

देवी (१९६०)

फिल्ममा सन् १८०० तिरको बंगालको गाउँ देखाइएको छ । यो फिल्म पनि सत्यजीत रोयको चर्चित फिल्ममध्ये एक हो ।

गणशत्रु (१९९०)

यो फिल्म हेन्रिक इब्सेनको नाटक ‘एन इनेमी अफ द पिपुल’ को रिमेक हो । फिल्ममा सौमित्रा चतुर्जीको शीर्ष भूमिका छ ।

चारुलता (१९६४)

यो फिल्मलाई सत्यजीत रोयको स्तरीय फिल्ममध्ये एक मानिन्छ । फिल्ममा घरमा एक्लै बस्ने एक पत्नीको कथा मनोविज्ञान समेटिएको छ ।

सोनार केल्ला (१९७४)

फिल्ममा एक बालकलाई केही ग्याङले अपहरण गरेको कथा छ ।

हिरक रजत देशे (१९८०)

बालबालिकाका लागि तयार पारिएको यो फिल्ममा त्यतिबेलाको समाज देखाइएको छ ।

महानगर (१९६३)

सत्यजीत रोयको शीर्ष भूमिका रहेको यो फिल्म नरेन्द्रनाथ मित्रको एक कथामा आधारित छ ।

यी बाहेक उनका फिल्म अरन्यर दिन रात्री (१९६९), अशानी संकेत (१९७३), आगन्तुक (१९९१), सीमाबद्ध (१९७१) लगायत फिल्म पनि लोकप्रिय छन् । धेरै फिल्महरू युट्युबमा पनि सहजै हेर्न सकिन्छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  १ : ३८ बजे

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको