घरमै लागू औषधको अड्डा, श्रीमान् श्रीमती नै कारोबारी « Khabarhub

घरमै लागू औषधको अड्डा, श्रीमान् श्रीमती नै कारोबारी


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– आफ्नै घरलाई लागू औषध बिक्री गर्ने अड्डा बनाएका १ व्यक्तिसहित पर्सा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्ज महानगरपालिका–३ बस्ने ४६ वर्षीय सन्तोष पटेलसहित ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा उनकी श्रीमती ३७ वर्षीया बबिता देबी समेत छिन् ।

पक्राउ पर्ने अन्यमा वीरगन्ज–३ का २८ वर्षी टिँकु श्रीवास्तव, पर्साको बिन्दबासिनी गाउँपालिका–२ का २८ वर्षीय राजनाथ यादव र बाराको प्रसौनी गाउँपालिका–२ नौतन बस्ने ३२ वर्षीय मुग्रिम साह छन् ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्ज महानगरपालिका–३ का सन्तोष पटेलले आफ्नो घर बाटै लागू औषधि बिक्री गर्दै आएका थिए । उनको कार्यमा श्रीमती बबिताले समेत सहयोग गर्दै आएका थिए ।

उनले विभिन्न समाजिक सञ्जालको प्रयोग गरी घरबाटै लागू औषध बिक्री गर्दै आएका थिए । कोरोना भाइरसको संक्रमण रोक्न जारी लकडाउनका अवधिमा समेत केही व्यक्ति लागू औषध कारोबारमा सक्रिय रहेको सूचनाका आधारमा प्रहरी सन्तोषसम्म पुग्न सफल भएको हो ।

प्रहरीले सन्तोषको घरबाट नियन्त्रित लागू औषध डायलेक्स–डीसी ८७ बोत्तल, आनेरेक्स १ सय ३ बोत्तल, निट्राजेपाम २० पिस, निट्राभेट ३६ पिस र सिम्प्लेस्ट ५८ पिस बरामद गरेको छ ।

उनले आफ्नो कोठामा रहेको बक्स पलङ भित्र लागू औषध लुकाएर राखेका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ७ : २५ बजे

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन

मनै लोभ्याउने रसुवाको भाङ्गे झरना (तस्बिरहरू)

रसुवा– सडकको एकछेउ त्रिशुली सुसाइरहन्छ । अर्कोपट्टि अजङ्गको भीर छ

युक्रेनमा रुसी आक्रमण, कम्तीमा १५ जनाको मृत्यु, एकसय बढी घाइते

काठमाडौँ– युक्रेनको छुट्टाछुट्टै स्थानमा रुसले गरेको आक्रमणबाट कम्तीमा १५ जनाको

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस