लुकीछिपी उपत्यकामा भित्रिन नदिन कडाइ « Khabarhub

लुकीछिपी उपत्यकामा भित्रिन नदिन कडाइ


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ उपत्यका भित्रिने सवारीसाधन र मानिसको आवागमन रोक्न स्थानीय प्रशासन र प्रहरीले थप कडाइ गरेको छ ।

लुकीछिपी मानिस भित्रिने गरेको भन्ने सूचना आएपछि काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उपत्यका भित्रिने विभिन्न नाकाको स्थलगत अनुगमन गरेको छ ।

काठमाडौँ बाहिरबाट उपत्यकाभित्र धमाधम मानिस लुकेर आउन थालेको खबर आएपछि वास्तविकता बुझ्न स्थलगत अनुगमन गरिएको ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले बताए । उनले त्यसरी लुकेर भने मानिस नआएको पाइएको बताए ।

ट्राफिक महाशाखाका प्रमुख ढकालले नाकामा खटिएका सुरक्षाकर्मीलाई नाकामा थप कडाइ गर्न निर्देशनसमेत दिए । महामारी नियन्त्रण गर्न जो जहाँ छ, त्यहीँ बसेर सरकारको प्रयासमा साथ दिनसमेत उनले सर्वसाधारणाई आग्रह गरे ।

सरकारले कोभिड १९ को रोकथामका लागि लकडाउनको आदेश जारी गरेको छ । यस अवधिमा आजसम्म कूल १९ जनामा कोभिड १९ देखिइसकेको छ ।

सर्ने क्रम जारी रहेकाले थप सावधानी अपनाउन र आवतजावत रोक्नुपर्ने आवश्यकता छ । त्यसैले लकडाउनलाई कडाइ गरिएको काठमाडौँका प्रमखु जिल्ला अधिकारी दाहालले बताए । अहिले प्रहरीले अत्यावश्यक सामान बोकेका सवारी र स्वास्थ्य उपचारसँग सम्बन्धित गाडीलाई मात्रै उपत्यका भित्रिन दिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ८ : ३५ बजे

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन

मनै लोभ्याउने रसुवाको भाङ्गे झरना (तस्बिरहरू)

रसुवा– सडकको एकछेउ त्रिशुली सुसाइरहन्छ । अर्कोपट्टि अजङ्गको भीर छ

युक्रेनमा रुसी आक्रमण, कम्तीमा १५ जनाको मृत्यु, एकसय बढी घाइते

काठमाडौँ– युक्रेनको छुट्टाछुट्टै स्थानमा रुसले गरेको आक्रमणबाट कम्तीमा १५ जनाको

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस