फिल्मबाट गायब यी बलिउडकर्मी वेभसिरीजबाट ‘कमब्याक’ हुँदै « Khabarhub

फिल्मबाट गायब यी बलिउडकर्मी वेभसिरीजबाट ‘कमब्याक’ हुँदै


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको महामारी नियन्त्रण र रोकथाम गर्न गरिएको लकडाउनले बलिउडमा अहिले कलाकारहरु वेभसिरीज देखा पर्ने क्रम बढ्दो छ ।

फिल्मी पर्दाबाट हराएका कलाकारको समेत वेभसिरीज मार्फत पुनरागमन भएको छ । डिजिटल दुनियामा अभिनय देखाउने अवसर पाएका बलिउडका दिग्गज कलाकार समेतको यसमा आर्कषण बढ्दो छ ।

बर्षाै फिल्मी पर्दाबाट गायब रहेका तथा फ्लप फिल्मका कारण ओझेलमा रहेका बलिउडकर्मीको सहारा वेभसिरीज बनेको हो । वेभसिरीज मार्फत पुनः चर्चामा आएका बलिउड कलाकार यस प्रकार छन् :

सुष्मिता सेन

मिस युनिवर्स १९९४ तथा चर्चित बलिउड अभिनेत्री सुष्मिता सेन बर्षाै फिल्मबाट ओझेलमा रहेपछि अहिले पूनः चर्चामा छिन् ।

उनले आफ्नो अभिनयलाई दर्शकमाझ ल्याउन वेभसीरीज रोजेकि हुन् । उनी आर्या नामक वेभ सिरीज मार्फत कमब्याक भएकि छन् ।

चन्द्रचुर सिंह
राम्रो अभिनेताका रुपमा आफुलाई बलिउडमा स्थापित गरेका चन्द्रचुर सिंह एक दुर्घटना पश्चात फेरी फिल्ममा जम्न सकेनन् ।

तसर्थ उनी पनि वेभसिरीज आर्या मार्फत नै कमब्याक भएका छन् । उनि लगातार फ्लप फिल्म मार्फत वेभसिरीजमा स्थापित हुने प्रयाशमा छन् ।

लारा दत्त

मिस युनिर्भस २००० तथा बलिउड अभिनेत्री लारा दत्त बलिउडमा सानातिना रोलमा देखा पर्दै आएकि छन् ।

प्रियंका चोपड़ासंगै फिल्मी करियर शुरु गरेकी लारा बलिउडमा खासै सफल हुन सकिनन् । तसर्थ उनी पनि हन्ड्रेड नामक वेभसिरीज मार्फत दर्शक माझ आएकि छन् ।

करिश्मा कपुर

फिल्मी पर्दाबाट गायब बनेकी कुनै जमानाकी चर्चित अभिनेत्री करिश्मा कपुर पनि वेभसीरीज मेन्टलहुड मार्फत कमब्याक गरेकि छन् । मेन्टलहुडलाई खासै राम्रो प्रतिकृया नमिले पनि करिश्माको अभिनयको भने तारिफ भएको छ ।

सैयामी खेर
हिन्दि फिल्म मिर्ज्याबाट बलिउडमा पाइला राखेकी सैयामी खेरले खासै राम्रो सफलता पाउन सकिनन् । पहिलो फिल्म नै फ्लप रहेपछि सैयामी वेभसिरीजको सहारामा अघि बढ्दै छिन् ।

स्पेशल ओपिएस र नेटफ्लिक्सको फिल्म चोक्ड मार्फत उनी दर्शक माझ आएकि छिन् ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १० : ५४ बजे

सीमा विवादका कारण कम्बोडियामा जनजीवन प्रभावित : १९ जनाको मृत्यु, हजारौँ विस्थापित

न्होम्पेन– कम्बोडियामा थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद जारी रहँदा १९ जना नागरिकको

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौं– नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले