कोरोना भाइरसका कारण अभिनेता कोर्डेरोको निधन « Khabarhub

कोरोना भाइरसका कारण अभिनेता कोर्डेरोको निधन


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयाेर्क – क्यानेडियन कलाकार तथा रंगकर्मी निक कोर्डेरोको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । ३ महिनाअघि अस्पताल भर्ना गरिएका निकको आइतबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

४१ वर्षीय निकमा कोरोनाको संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनको लस एन्जल्सको एक अस्पतालमा निधन भएको जनाइएको छ ।

कोर्डेरोलाई आकस्मिक कक्षमा राखेर उपचार गराइएको थियो । उनको निधनपछि सेलिब्रेटी र फ्यानले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

कोर्डेरो सन् २०१४ मा टोनी अवार्डमा बेस्ट फिचर्ड एक्टर विधामा नोमिनेसनमा परेका थिए । त्यस्तै उनी ड्रामा डेस्क अवार्डमा पनि नोमिनेसनमा परेका थिए ।

उनले अ स्टान्ड अप गाइ, मोब टाउन, इन्साइड गेम लगायतका फिल्ममा समेत अभिनय गरेका छन् ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  २ : ३८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र