२२ किलो चरेस र बाघको छालासहित ३ पक्राउ « Khabarhub

२२ किलो चरेस र बाघको छालासहित ३ पक्राउ


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुटवलबाट साढे २२ किलो चरेससहित दुईजना पक्राउ परेका छन् । प्रदेश ५ प्रहरीको विशेष टोली (आरआईटी) को संक्रियतामा उनीहरु पक्राउ परेका हुन् ।

प्रदेश ५ का डीआईजी रवीन्द्र धानुकका अनुसार बुटवल उप-महानगरपालिका १२, हरियाटोलबाट धनबहादुर दमाईंको खाली घरमा लुकाएको अवस्थामा चरेस फेला परेको हो ।

प्रहरीले चरेससहित गुल्मको मदाने गाउँपालिका ७ का २९ वर्षीय मेघराज गिरी र पूर्वीरुकुम सिस्‍ने गाउँपालिका ८ का ३५ वर्षीय रतिभान दमाईंलाई पक्राउ गरेको छ ।

डीआईजी धानुकले पछिल्लो समय आफूले आरआईटी समूहलाई सक्रिय बनाएको बताए । आरआईटी डीआईजीकै निर्देशनमा प्रदेशभर परिचान हुने प्रहरीको टिम हो ।

यस्तै बाँके राप्तीसोनारी गाउँपालिका १ बाट बाघको छाला र हड्डीसहित एकजना पक्राउ परेका छन् ।

आरआईटीकै टोलीले ४६ को नवराज घर्ती मगरलाई आफ्नै घरको मकै बारीमा लुकाई राखिइएको टाटेपाटे बाघको छाला र हड्डीसहित पक्राउ गरेको ५ नम्बर प्रदेशका प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदाबरले जानकारी दिए ।

उनका अनुसार आरआईटी र इप्रका कुसुमको सयुक्त टोलीले छालासहित मगरलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १ : ५९ बजे

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न

लहानको सार्वजनिक जग्गामा बनेका घर-टहरामा चल्यो डोजर (तस्बिरहरू)

सिरहा– लहानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।

नेपाली स्टार्टअप एनच्याटले ल्यायो ‘एआई बिल्डर’, कोडिङविना नै आफ्नै एप बनाउन सकिने

काठमाडौं– नेपाली प्रविधि कम्पनी एनच्याटले प्रयोगकर्ताहरूका लागि कोडिङ तथा प्राविधिक

निजी क्षेत्रका समस्या र लगानी सुधारबारे १५ दिनभित्र सुझाव दिन समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले निजी क्षेत्रले विद्यमान ऐन, कानुन

हर्कले सोधे : स्याउ फलेका थिएनन् होला, प्रधानमन्त्री के चाख्न मुस्ताङ गएका हुन् ?

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता हर्क