नेपाल वायु सेवा निगमका ३ पाइलटसहित ७ जनामा कोरोना संक्रमण « Khabarhub

नेपाल वायु सेवा निगमका ३ पाइलटसहित ७ जनामा कोरोना संक्रमण


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल वायुसेवा निगमका तीन पाइलटसहित ७ जनालाई कोरोनाभाइरस संक्रमण(कोभिड–१९) पुष्टि भएको छ ।

निगमले विभिन्न देशमा गर्न थालेको उद्धार उडानका क्रममा पाइलटसहित क्याविन क्रुलाई कोरोना भएको निगमले जानकारी दिएको छ।

निगम स्रोतका अनुसार उच्च सतर्कता अपनाउँदा अपनाउँदै पनि कोरोना संक्रमण पुष्टि भएका कर्मचारीलाई आइसोलेसनमा राखेर उपचार सुरू भइरहेको छ । बाँकी अन्य कर्मचारीको पनि ‘कन्ट्याक्ट ट्रेसिङ’ भइरहेको उल्लेख छ।

विभिन्न मुलुकमा उद्धार उडानमा गएका ३ जना पाइलट र अन्य ७ जना क्याविन क्रुलाई संक्रमण पुष्टि भएपछि निगमले थप कर्मचारीमाथि पनि निगरानी बढाउन लगाएको उल्लेख छ।

निगमले बन्दाबन्दी पछि भएको उडानका सबै पाइलट तथा क्याविन क्रुलाई सोल्टी होटलमा क्वारेन्टिनमा राखेको थियो । उडानमा गएका कर्मचारीलाई क्वारेन्टिनमा राख्दै नयाँ टोली परिचालन गर्ने गरेको निगमले जानकारी दिएको छ।

निगमबाट भइरहेको उद्धार उडानमा प्रभाव भने नपर्ने उल्लेख गरेको छ । यस अघि हिमालय एयरलाइन्सका पनि एक जना विदेशी पाइलटलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ३ : ०४ बजे

विश्वकप : अमेरिका र बेल्जियमको खेलको टिकटदर ३० प्रतिशत घट्यो

काठमाडौँ – सन् २०२६ विश्वकप फुटबल अन्तर्गत सोमबार अमेरिका र

इरानी नेता खामेनीको अन्त्येष्टिमा जनसागर

तेहरान – अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणमा मारिएका इरानका

हात्ती धपाउन खोज्दा घरमा आगलागी : आमा छोराको मृत्यु

चितवन – चितवनमा जंगली हात्तीको आक्रमण र आगलागीबाट आमा–छोराको मृत्यु

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही– सर्लाहीमा अत्यधिक गर्मी बढेपछि सर्पको बिगबिगी भएको छ ।

बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सम्पन्न

लन्डन– बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ