सञ्जय लीला भन्साली पुगे बान्द्रा प्रहरी स्टेशन, सुशान्तबारे सोधपुछ गरिने « Khabarhub

सञ्जय लीला भन्साली पुगे बान्द्रा प्रहरी स्टेशन, सुशान्तबारे सोधपुछ गरिने


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – सुशान्त सिंह राजपूतको आत्महत्यालाई लिएर प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । सुशान्तले गत १४ जुनमा आत्महत्या गरेका थिए ।

सुशान्तको निधनलाई लिएर भारतीय निर्देशक सञ्जय लीला भन्सालीसँग पनि सोधपुछ गरिने भएको छ । प्रहरीले बोलाएपछि सञ्जय बान्द्रा प्रहरी स्टेशन पुगेका छन् ।

समाचार एजेन्सी एएनआईले सुशान्त सिंह राजपूत केशका सिलसिलामा भन्साली बान्द्रा प्रहरीकहाँ पुगेको बताएको छ ।

भन्सालीसँग सुशान्तको सम्बन्ध र उनी डिप्रेसनमा परेकोबारे सोधपुछ गरिने भारतीय मिडियाले जनाएका छन् । मिडिया रिपोर्टका अनुसार भन्सालीले सुशान्तलाई ३ फिल्ममा एप्रोच गरेका थिए ।

अहिलेसम्म सुशान्तको आत्महत्यालाई लिएर प्रहरीले २८ जनासँग सोधपुछ गरेको छ । सुशान्तको पोस्टमार्टम रिपोर्टमा घाँटीमा पासो लगाउँदा झुण्डिएर सास फेर्न गाह्रो भई ज्यान गएको उल्लेख छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ३ : ४८ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने