यस्तो छ सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलर (भिडियो) « Khabarhub

यस्तो छ सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलर (भिडियो)


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलर सार्वजनिक गरिएको छ । यो फिल्म जोन ग्रीनको उपन्यास ‘द फल्ट इन आवर स्टार्स’ मा आधारित छ ।

फिल्मको ट्रेलर रिलिज भएको ४५ मिनेटमै १ लाखभन्दा बढीले हेरेका छन् भने ८ हजारभन्दा बढीले कमेन्ट गरिसकेका छन् ।

फिल्ममा सुशान्त सिंह राजपूत र सञ्जना सांघीले शीर्ष भूमिका निभएका छन् । फिल्ममा मुकेश चब्राको निर्देशन छ भने एआर रहमानको संगीत छ ।

हलिउडमा निर्माण भएको फिल्म ‘द फल्ट इन आवर स्टार्स’ लाई उत्कृष्ट प्रेमकथामा आधारित फिल्ममध्ये एक मानिन्छ । जोन ग्रीनको उपन्यास पनि उत्तिकै लोकप्रिय छ ।

सुशान्त सिंह राजपूतको अन्तिम फिल्म भएका कारण पनि यो फिल्म प्रतीक्षित बनेको छ । फिल्म डिज्ने हटस्टारमा नि:शुल्क हेर्न पाइनेछ ।

सुशान्तले गत १४ जुनमा आत्महत्या गरेका थिए । प्रहरीले उनले आत्महत्या गर्नुको कारण खोज्दै अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ५ : १० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र