गर्मी भगाउन घरमै बनाउन सकिने ५ पेय पदार्थ « Khabarhub

गर्मी भगाउन घरमै बनाउन सकिने ५ पेय पदार्थ


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अहिले गर्मीको मौसम छ । यो मौसममा चिसो पेयको माग उच्च रहन्छ । गर्मीबाट बच्न मानिसहरु विभिन्न प्याकेट र बोतलबन्द चिसो पेय पिउने गर्दछन् ।

बजारमा पाइने सबै पेय स्वास्थ्यकालागी फाइदाजनक हुदै । यस्तोमा घरमा सजिलै बनाउन सकिने पेय स्वस्थ्य हुनुका साथै शरीरमा पोषण र उर्जा समेत प्रदान गर्दछ ।

१. कागती पानीको सर्बत
गर्मीबाट बच्न र सजिलै घरमा बनाउन सकिने सरल पेय हो, कागती पानीको सर्बत । कागतीमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । जसले शरीरलाई रोगको संक्रमणबाट बचाउनुका साथै शरीरलाई हाइड्रेट राख्दछ । यो गर्मी भगाउने सबैभन्दा उत्तम विकल्प हो ।

२. तरबुजा
हुनत कोरोना संक्रमणकालमा बजार जानु उपयुक्त हुदैन । तर सम्भव भयो भने तरबुजाको सेवन गर्मीमा अति उपयोगी हुन्छ । ९६ प्रतिशत पानी हुने तरबुजाको जुस शरीर हाइड्रेट राख्न र शितल बनाउन सबैभन्दा राम्रो विकल्प मध्ये एक हो ।

३. नरिवल पानी
नेपालमा त्यति धेरै नरिवलको पानी पिउने गरिँदैन । तर विदेश तिर गर्मीमा काँचो नरिवलको पानी पिउनेको संख्या उच्च हुन्छ । नरिवल पानीले शरीरमा पानीको मात्रा भरपुर गर्नुको साथै यसमा भएको पोषणले शरीर स्वच्छ र शितल बनाउँछ ।

४. मोही
प्रायः पहाडीया मुलका नेपालीको घरघरमा सेवन गरिने पेय हो, मोही । दहीलाई मथेर बनाइएको मोही अझै पनि गाउँघरमा गर्मी भगाउन सेवन गर्ने चलन छ । मोही स्वास्थ्यमा समेत लाभदायी हुन्छ । यसमा प्रोटिन, क्याल्सियम लगायतका पोषण पाइन्छ ।

५. पुदीना सर्बत
गर्मीमा शरीरलाई डिहाइड्रेशनबाट बचाउन पुदीनाको पात हालेर तयार पारिएको सर्बत उपयोगी हुन्छ । यो सर्बत तयार पार्दा पुदीना, चिनी, मह, बिरेनुन र जिरा मिश्रण गरी बनाउनु पर्दछ । यो सर्बतको सेवनले बच्चाहरुमा गर्मीको असर कम गराउँछ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  १ : ३० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक