कोरोना भाइरसविरुद्धको खोप कहिलेसम्म बजारमा आउँछ ? कति पर्छ ? | Khabarhub Khabarhub

कोरोना भाइरसविरुद्धको खोप कहिलेसम्म बजारमा आउँछ ? कति पर्छ ?


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणका कारण विश्व आतंकित बनेको छ । गतवर्षको डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका धेरै देशमा फैलिएको छ ।

विश्वभरमा कोरोना भाइरसबाट २ करोड ६६ लाख मानिस संक्रमित भएका छन् । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ लाख ७५ हजार पुगेको छ ।

कोरोनाको संक्रमण बढ्दो क्रममा छ । यसलाई नियन्त्रणमा लिन विश्वका कैयन् देश यसको भ्याक्सिन निर्माणमा जुटेका छन् । विश्वभर ३४ कम्पनीहरुले कोरोनाविरुद्धको भ्याक्सिन तयार पारिरहेका छन्, यीमध्ये केही कम्पनीहरु अहिले तेस्रो चरणको परीक्षणमा छन् ।

रसियाले पनि हालै ‘स्पुतनिक भी’ नामक कोरोना खोपलाई अनुमति दिएको छ । उक्त खोपलाई विश्वकै पहिलो कोरोनाको खोप भनिएको छ ।
हालै उक्त खोपले परीक्षणका क्रममा सकारात्मक काम गरेको विवरण आएको थियो ।

विश्व स्वास्थ्य संगठनले हालसम्ममा विभिन्न कम्पनीले १ सय ४२ वटा खोपहरु निर्माण गरिरहेको बताएको छ । योमध्ये अक्सफोर्ड युनिभर्सिटी खोप एस्ट्रजेनकाले ठूलो मात्रामा कोरोना भ्याक्सिन तयार पारेको छ । यसलाई अहिलेसम्मकै उन्नत खोप पनि भनिएको छ ।

अक्सफोर्ड विश्वविद्यालयका भ्याक्सिन कम्पनी एस्ट्रजेनेकाले कम मूल्यमा कोरोनाको खोप प्रदान गर्ने बताएको छ । उक्त कम्पनीका एक अधिकारीका अनुसार अमेरिकामा भ्याक्सिनको मूल्य प्रतिडोज ४ रुपैयाँ पर्नेछ ।

भारतीय कम्पनीले पनि कोरोनाको खोप विकास गरिरहेको छ । भारतमा ठूलो मात्रामा बनाउने सेरम इन्स्टिच्युटले भारत र विकाशशील देशहरुका लागि कोरोनाको भ्याक्सिन उपलब्ध गराउनेछ ।

भारतमा यो खोपको मूल्य ३ डलर पर्ने जनाइएको छ । नेपालमा भने ३५० रुपैयाँ पर्ने जनाइएको छ । उक्त खोपलाई युरोपमा प्रतिडोज २.५ युरोसम्म पर्न सक्ने बताइएको छ ।

फ्रान्सले पनि कोरोना विरुद्धको भ्याक्सिन तयार पारिरहेको छ । फ्रान्सको सनोफी पाश्चर कम्पनीले निर्माण गरेको भ्याक्सिनलाई प्रतिडोज १० युरोसम्म पर्ने बताइएको छ । यसको नेपाली रुपैयाँ झण्डै १४ सय हुन आउँछ ।

त्यस्तै चिनियाँ कम्पनीहरु पनि कोरोना विरुद्धको भ्याक्सिन निर्माणमा लागेका छन् । चिनियाँ कम्पनी साइनाफार्मका प्रमुख लिउ जिङगजेनले उक्त खोप छिट्टै बजारमा आउने बताएका छन् ।

यो खोपलाई नेपाली १६ हजार रुपैयाँ पर्ने जनाइएको छ ।

यस्तै चीनकै मडर्ना कम्पनीले अगस्तमा उत्पादन गरेको खोपको प्रतिडोज ३३ देखि ३७ डलरसम्म पर्ने जनाइएको छ ।

अमेरिकी सरकारले पनि कोरोना खोपका लागि फिशर्च र बायोएन्टेक कम्पनीसँग सम्झौता गरेको छ । यो खोपको मूल्य अमेरिकी सरकारलाई प्रतिडोज १९.२० डलर पर्ने जनाइएको छ ।

कोरोनाको खोप विकासका क्रममा रहेकाले अझै कुन खोप बढी प्रभावकारी हुनेछ भनेर अहिले नै भन्न नसकिने विज्ञहरुले बताएका छन् ।

विज्ञहरुले कोरोनाको खोप सन् २०२० का् मध्यसम्ममा उपलब्ध हुने बताएका छन् ।

 

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  २ : २८ बजे

‘विद्यालय शिक्षा विधेयकमा शिक्षकको अधिकांश माग पुरा भएकाले थप अडान राख्नु उचित हैन’

काठमाडौं– रास्वपा सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूको अधिकांश

बाँसका सामग्री निर्माण गर्दै मेचीनगरका महिला

झापा– मेचीनगर नगरपालिका-४ का महिला बाँसबाट विभिन्न  कलात्मक सामग्री निर्माणमा

‘कुनै बेला गोल्ड स्टार लाउने गोली हानिन्थ्यो, अहिले राष्ट्रिय गौरवको ब्राण्ड भयो’

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपममासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले

सन्तानको भोकले डिम्बको अवैध कारोबार बढ्यो, अस्पष्ट कानुनले जोखिममा किशोरी 

निःसन्तानपनको समस्या अहिले नेपाल लगायत विश्वमै ठूलो चुनौती बनेको छ

लागूऔषधविरुद्ध अभियान : झापामा ५५९ जना पक्राउ

झापा– खुला सीमाका कारण झापामा लागूऔषधको कारोबार बढेपछि प्रहरीले कारोबारी