स्वास्थ्यमन्त्री ढकाल तीन दिनदेखि होम क्वारेन्टिनमा « Khabarhub

स्वास्थ्यमन्त्री ढकाल तीन दिनदेखि होम क्वारेन्टिनमा


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– स्वास्थ्यमन्त्री भानुभक्त ढकाल होम क्वारेन्टिनमा बसेका छन् ।

मन्त्री ढकाल बस्दै आएको ललितपुरको हरिहरभवनस्थित मन्त्री क्वार्टरमा बस्दै आएका परिवारका एकजना सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि उनी होम क्वारेन्टिनमा बसेका हुन् ।

काठमाडौंमै एक संस्थामा जागिर गर्ने मन्त्री ढकालका परिवारका एक सदस्यमा ज्वरो आउने र जिउ दुख्ने समस्या देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण गराएका थिए ।

उनमा तीनदिन अघि कोरोना पुष्टि भएपछि मन्त्री ढकाल पनि मन्त्रालय जान छाडेर तीनदिनअघि देखि क्वारेन्टिनमा बसिरहेको मन्त्री ढकालले खबरहबलाई बताए ।

‘तीनदिन देखि म होम क्वारेन्टिनमा छु,’ मन्त्री ढकालले खबरहबसँग भने, ‘काठमाडौंमै जागिर गर्ने एकजना परिवारका सदस्यलाई जीउ दुख्ने, ज्वरो आउने समस्या भएपछि कार्यालय जानुअघि कोरोना परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आयो । त्यसपछि हामी सबै क्वार्टरमै क्वारेन्टिनमा छौं ।’

मन्त्री ढकालका अनुसार कोरोना संक्रमण पुष्टि भएका उनका परिवारका सदस्यको अवस्था सामान्य रहेको र उनी पनि क्वार्टरमै होम आइसोलेसन बनाएर बसेका छन् ।

मन्त्री क्वार्टरमा अहिले मन्त्री ढकालकी पत्नी, दिदी, छोरा र एकजना भतिज समेत बस्दै आएका छन् ।

मन्त्री ढकालले चिकित्सकसँग परामर्श लिएर कन्ट्याक्ट ट्रेसिङको आधारमा ती सदस्यमा संक्रमण देखिएको ५ दिनपछि परिवारका सबैको कोरोना परीक्षण गराउने पनि जानकारी दिए ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ५ : ५६ बजे

हिमालयन लाइफको सीईओ नियुक्ति रोक्न सर्वोच्चको आदेश

काठमाडौं–सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत

‘संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि भएका सुझावले कानुनलाई थप विशिष्ट बनाउँछ’

काठमाडौं– विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३

बाफिया संशोधन गर्दै कारबाही भोगेका व्यक्ति बैंक सञ्चालक बन्न पाउने!

काठमाडौं– सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्दै

कक्षा १ देखि १२ सम्म यौन शिक्षा अनिवार्य गर्न रञ्जु दर्शनाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु दर्शना न्यौपानेले बालबालिका तथा

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न