दशैंसम्म निषेधाज्ञा लम्ब्याउन ललितपुरका सीडीओको सुझाव « Khabarhub

दशैंसम्म निषेधाज्ञा लम्ब्याउन ललितपुरका सीडीओको सुझाव


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नारायणप्रसाद भट्टले दशैंसम्म निषेधाज्ञा गर्नुपर्ने धारणा राखेका छन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरस सम्बन्धी कामहरूको अनुगमन र मूल्यांकन गर्नका लागि गठन भएको उपसमितिको बैठकमा प्रजिअ भट्टले चाडपर्व र जात्रासँग जनताको भावना गाँसिएको हुने भएकाले त्यो बेलामा मान्छेको भीडभाड बढ्न सक्ने र कोरोना नियन्त्रणभन्दा बाहिर जानसक्ने भन्दै यस्तो धारणा राखेका हुन् ।

उनले तीजका बेलामा संक्रमण बढ्न सक्ने भएकाले निषेधाज्ञा गरिएको स्मरण गरे । ‘तीजका बेला हामीले तत्काल आदेश जारी गरेका थियौं, त्यसैले व्यवस्थापन भएको थियो । अब फेरि चाडबाड आएका छन्, दसैँजस्तो ठूलो चाड आएको छ,’ उनले भने ।

उनले चाडबाड र रीतिरिवाजमा मान्छेहरूको भावना जोडिएको बताए । साथै उनले रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडप र भीडतर्फ संकेत गर्दै दशैंमा पनि यस्तो अवस्था आउन सक्ने भएकाले निषेधाज्ञा गर्नुपर्ने बताए ।

उनले अहिलेको निषेधाज्ञाको मोडललाई केही खुकुलो पारेर जानुपर्ने पनि सुझाव दिए ।

‘दसैँसम्म हामीले कुनै न कुनै रूपमा अलिकति खुकुलो बनाएर पनि निषेधाज्ञाको स्थिति कायम राख्नपर्छ, नत्र आम मान्छेहरू दसैँमा घर जाने भन्ने हुन्छ,’ प्रजिअ भट्टले भने, ‘जमानादेखि गरिआएको ठूलाबडाबाट टीका थाप्नैपर्छ, जेसुकै भएपनि आशिर्वाद लिनैपर्छ भन्ने सोचले अवस्था गम्भीर आउन सक्छ ।’

 

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ५ : ५७ बजे

आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती, ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा उभिने

काठमाडौँ– नेकपा एमालेले आज जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती विशेष

इन्जुरी समयमा सनसनीपूर्ण गोल: अस्ट्रियाको नाटकीय बराबरीसँगै स्पेनसँगको भेट पक्का

काठमाडौँ – खेलको अन्तिम समयमा भएको सनसनीपूर्ण गोलको मद्दतले अस्ट्रियाले

मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी

काठमाडौँ – स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम– वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली सडकखण्ड

अर्जेन्टिनालाई सुरुवाती अग्रता, जोर्डन दबाबमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा