नेप्सेमा गिरावट, दोहोरो अङ्कले घट्यो « Khabarhub

नेप्सेमा गिरावट, दोहोरो अङ्कले घट्यो


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.४५ अङ्कले घटेर एक हजार ४९९.९७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.५४ अङ्कले घटेर ३०२.१९ मा पुगेको छ ।

आज कूल १९१ कम्पनीका ७० लाख ३८ हजार ९९० कित्ता शेयर रु दुई अर्ब ७८ करोड २३ लाख ७७ हजार ८८७ मा खरिदबिक्री भयो । कारोबार भएको कूल १२ मध्ये दुई उपसमूहको शेयर बढेको छ ।

व्यापार २२.६३ र सामूहिक लगानी कोष ०.०१ अङ्कले बढ्दा बैंकिङ ८.१४, होटल २५.५९, विकास बैंक २०.८, जलविद्युत् ५.७४, वित्त २, निर्जीवन बीमा २५.६१, उत्पादन ४०.४३, अन्य १२.६५, माइक्रोफाइनान्स १०.२७ र जीवन बीमा २६.३३ अङ्कले घटेको छ ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको शेयर रु ४० करोड १३ लाख एक हजार ८४ मा कारोबार भई शीर्ष स्थानमा रह्यो ।

नेपाल बैंक लिमिटेड रु ११ करोड ७३ लाख ५२ हजार ९८६, नेको इन्सुरेन्स रु १० करोड एक लाख ५४ हजार ४५९, अरुण काबेली पावर लिमिटेड रु आठ करोड ८२ लाख ३३ हजार २६९, शिखर इन्सुरेन्स रु आठ करोड २५ लाख ५८ हजार ५२५ र शिवम् सिमेन्ट्स लिमिटेडको रु सात करोड ८४ लाख ४८ हजार ५६१ मा कारोबार भई शीर्ष स्थानमा रह्यो ।

उन्नति सहकार्य लघुवित्त ९.९०, अरुणभ्याली हाइड्रोपावर लिमिटेड ९.८२, जोशी हाइड्रोपावर ९.७२, राधी हाइड्रोपावर ९.६२, युनिभर्सल पावर ९.५२, नेपाल हाइड्रो डेभपलपर्स ६.६७ र अरुण काबेली पावरका शेयरधनीले ५.९९ प्रतिशतले कमाए ।

यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चर ९.८७, रसुवागढी हाइड्रोपावर कम्पनी ५.२९, हिमाल दोलखा हाइड्रोपावर कम्पनी ४.४, छ्याङ्दी हाइड्रोपावर ३.८१, श्री इन्भेष्टमेन्ट प्रालि ३.७५ र मल्टीप्रपोज फिनान्स कम्पनीका लगानीकर्ताले ३.६४ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ६ : ०८ बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त